मुम्बई (एजेन्सी)– भारतमा विवादित बनेको फिल्म ‘पद्मावत’ ले पहिलो दिनको कमाई निकै राम्रो गरेको छ। २५ जनवरीमा रिलिज भएको यो फिल्मको बक्स अफिस कलेक्सन राम्रो भएको बताइएको छ।
संजय लिला भन्सालीको निर्देशनमा बनेको यो फिल्मको विषयमा रिलिज पूर्व नै विवाद भएको थियो। धम्की र विवादका बीच गत विहिबार रिलिज गरिएको थियो। बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्मको मुख्य भूमिकामा छिन्।
विरोधका कारण भारतमा यो फिल्म ३५ प्रतिशत स्क्रिनमा रिलिज गर्न सकिएको थिएन्। यसका बाबजुद पनि पहिलो दिन १८ करोड भारतीय रुपैयाँ कमाई भएको बताइएको छ।
फिल्म व्यापार समीक्षक रमेश बालाले विदेशमा फिल्मको कलेक्सन सोचेभन्दा राम्रो भएको बताएका छन्। अमेरिका र क्यानडामा मात्र २ करोड रुपैयाँको कमाई भएको बताइएको छ। यस्तै, अस्ट्रेलियामा १ करोड ८० लाख र संयुक्त अरब इमिरेट्स (युएई)मा २ करोड ४० लाख रुपैयाँको कमाई पहिलो दिन भएको छ।
‘पद्मावत’ भारतको ४ राज्यलाई छोडेर अन्य स्थानमा भएको थियो। सत्तारुढ पार्टी भारतीय जनता पार्टी (बिजेपी) शाषित राज्य मध्य प्रदेश, राजस्थान, गुजराज र गोवामा यो फिल्म सिनेमा हलमा रिलिज हुन सकेको छैन्।
‘पद्मावत’ को रिलिजका कारण २६ जनवरीमा रिलिज हुन लागेको अक्षय कुमार अभिनित ‘पेडम्यान’ र मनोज वाजपेयीको ‘अय्यारी’ केही दिनका लागि पछाडि सरेको थियो। दुबै फिल्म ९ फरवरीमा रिलिज हुनेछ।
‘पद्मावत’ का लागि अभिनेत्री दीपिकाले आफ्ना सहयोगी स्टार शाहिद कपुर र रणवीर सिंह भन्दा बढि पारिश्रमिक लिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।