नयाँ दिल्ली (एजेन्सी)– सलमान खानको ‘वान्डेट’ सन् २००९ मा रिलिज भएको थियो। यही फिल्मले बलिउडमा सुल्तानको उपनामले चिनिने सलमानको भाग्य नै परिवर्तन गर्यो। सलमान यही फिल्ममार्फत बक्स अफिसमा दौडिन सुरु गरेका थिए। सन् २००९ देखि बक्स अफिसमा सुरु भएको उनको त्यो दौड अहिले पनि थामिएकाे छैन्।
सलमानको त्यो फिल्म तेलुगु सुपरस्टार महेश बाबुको सुपरहिट फिल्म ‘पोकिरी’ को डबिङ थियो। यो फिल्म २००६ मा रिलिज भएको हाे। उनै तेलुगु स्टार महेश बाबुको अर्को फिल्मको ‘फस्र्ट लुक’ शुक्रबार सार्वजनिक भएको छ। ‘भारत आने नेनु’ नाम गरेको यो फिल्ममा महेश बाबु निकै राम्रो देखिएका छन्।
महेश बाबु ४ वर्षको कलिलाे उमेरदेखि अभिनयमा सक्रिय छन्। उनी दक्षिण भारतको लोकप्रिय अभिनेतामा पनि पर्छन्। उनी दक्षिणी फिल्म उद्योगमा आम्दानीको हिसाबले रजनीकान्तलाई चुनौती दिने अभिनेता पनि मानिन्छन्। उनले फिल्म ‘स्पाइडर’ का लागि २५ करोड रुपैयाँसम्म लिएको खबर सार्वजनिक भएको थियो।
महेश बाबुले बलिउड पूर्व नायिका नम्रता शिरोडकरसँग विवाह गरेका थिए। महेश बाबु ‘प्रिन्स अफ टलिउड’ को उपनामले पनि चिनिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।