• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विवाद छिचोल्दै पर्दामा ‘पद्मावत’, निषेध–राजनीतिमा सक्रिय 'करणी सेना' कति पानीमा?

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  ०४:३१
1140x725

लामो समय विवादको तारोमा रहेको ‘पद्मावत’ अन्ततः बिहीबारदेखि पर्दामा छाएको छ।

तर रिलिजको पहिलो दिन नै निकै तनाव सिर्जना भयो। भारतको राजधानी नयाँ दिल्लीको गुडगाउँ लगायत अन्य राज्यमा विद्यालयका बस, निजी तथा सार्वजनिक सवारीमा आगजनी तथा तोडफोड भए। सार्वजनिक प्रदर्शनका कारण ८ सय मल्टिप्लेक्स हलको सट्टामा ४ सय हलमा मात्रै प्रदर्शन हुन सक्यो। प्रदर्शनको अगुवाइ गरेको थियो, करणी सेनाले। जसकै कारण पहिले निर्धारित प्दर्शन मिति सार्नुपरेको थियो भने यो विवाद अदालतसम्म पुगेको थियो।

पहिलो दिन फिल्म हेरेकाहरुले भने निकै राम्रो प्रतिक्रिया दिएका छन्। उनीहरुले धार्मिक भावनामा आघात हुने कुनै पनि दृश्य नरहेको भन्दै निर्देशक सञ्जय लीला भन्सालीको तारिफ गरेका छन्।

फिल्मको मुख्य पात्र महारानीको नाम र कथा १६औं शताब्दीका प्रख्यात कवि मलिक मुहम्मद जयासीको पौराणिक कविता ‘पद्मावत’मा आधारित छ।

फिल्ममा दिल्लीका मुसलमान घरानाका शासक अलाउद्दीन खिलजी (रणवीर सिंह) ले चितौडगढकी हिन्दु घरानाकी महारानी पद्मावती (दीपिका पादुकोण) को अद्भुत सौन्दर्यबाट प्रभावित भई उनलाई पाउने इच्छा राख्छन्।

कामवासना, क्रोध र हठका प्रतिमूर्ति खिलजी र चित्तौडगडका हिन्दु राजा रतन सिंह (शाहिद कपुर) बीचको अन्तरद्वन्द्व, जसमा रानी पद्मावतीलाई पाउने खिलजीको ढिपी र राजा रतनसिंहको रक्षात्मक रणनीति नै फिल्मको मूल कथा हो।

यही कथामा भन्सालीले निर्माण तथा निर्देशन गरेको ‘पद्मावत’ डिसेम्बर १ मै प्रदर्शन हुने भनिए पनि विरोधले उग्र रुप लिएपछि करिब २ महिनापछि रिलिजको अवसर पाएको हो।

भारतीय सेन्सर बोर्डले नामसहित ५ स्थानमा सुधार गरेपछि मात्रै फिल्मलाई चल्ने अनुमति दिने निर्णय गर्‍यो। जसका कारण भन्साली एन्ड कम्पनीले केही दृश्यको पुनः छायांकन गर्‍यो भने ‘पद्मावती’बाट फिल्मको नाम नै ‘पद्मावत’ बनायो।

Ncell 2
Ncell 2
nimb
nimb

यत्ति धेरै रस्साकस्सीपछि पनि फिल्मलाई राजनीतिक आँखाले हेर्न छोडिएन। विवाद मत्थर हुनुको सट्टा झन् आगजनी, तोडफोड र भारतका धेरै राज्यमा आन्दोलन चर्कियो। 

प्रदर्शन गर्न पाउनुपर्छ भनेर न्याय प्राप्तिका लागिच निर्माणकर्ताहरु अदालतसम्म पुगे। अदालतले साथ दियो र प्रदर्शनका लागि बाटो खोलिदियो। तर विभिन्न राज्यका मुख्यमन्त्रीले घुमाउरो तरिकाले अदालतको आदेशलाई इन्कार नै गरिदिए भने कतिचुप बस्नु नै बेस ठाने। कतिपय राज्यका हलवालाले हल नै तोडफोड हुने डरले फिल्म चलाउन मानेनन्। 

राजपुत समुदायको कथा समेटिएको फिल्ममा उनै समुदायको मानमर्दन गरेको आरोप लगाउँदै सुरुदेखि नै धार्मिक वकालत गर्ने एक राजनीतिक समूह फिल्म रोक लगाउनुपर्ने माग गर्दै सबैभन्दा बढी विरोधमा उत्रिएको छ। 

त्यो समूह हो, करणी सेना!

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लगातार विरोधमा देखिएको करणी सेनाको गठन र यो समूहसँग जोडिएका नेताहरुको कहानी निकै रोचक छ। आफ्नो सामाजिक तथा राजनीतिक स्वार्थका लागि संघर्ष गरिरहेको तथा राजपुत समुदायको भावनालाई बन्धकब नाएर राजनीति गरिरहेको सेनामा धेरै नेता छन्। यिनै नाममा उति नै गुट तथा संगठनहरु छन्।

करणी सेनाको जन्म र नेताहरुको कुण्डली

सन् २००६ मा सतहमा आएको करणी सेनाको इतिहास खोज्न केही समय पछाडि फर्किनुपर्ने हुन्छ। सामाजिक तथा राजनीतिक रुपबाट आरक्षण मिल्न थालेपछि केही भारतीय गाउँमा जाट समुदायका व्यक्तिहरु प्रधान, सरपन्च जस्ता पदमा आसीन हुन थाले, जसले राजपुत समुदायको अधिपत्य कम हुँदै गयो। जसको भरपाइस्वरुप सन् २००२ मा भारतीय जनता पार्टी (बिजेपी) ले राजपुत नेता भैरों सिंह शेखावतलाई उपराष्ट्रपति बनाएर दिल्ली पठायो। यताजाट राजघरानाकी महारानी तथा राजपुतकी छोरीको रुपमा वसुन्धरा राजेलाई राजस्थानको बागडोर सुम्पियो।

सोही समय बिजेपीका नेताद्वय देवी सिंह भाटी र लोकेन्द्र सिंह कालवीले ‘अगाडिका लाई आरक्षण तथा पछाडिकालाई संरक्षण’को नारा दिँदै राजस्थानमा सामाजिक न्याय मञ्चको बीज रोपे। सोही मञ्चको नाममा त्यसपछि ठूलाठूला ब्यानर बनाएर र्याली र आमसभा हुन थाले। फलस्वरुप राजपुतहरुले सोही मञ्चलाई राजनीतिक पार्टी बनाएर चुनाव लडे।

तर उनीहरुले सोचे जस्तो चुनावमा नतिजा हात लागेन। बिजेपी नेता वसुन्धरा राजे र प्रमोद महाजनको रणनीतिका कारण अधिकांश राजपुत बिजेपीमै सामेल हुन पुगे। फलस्वरुप सन् २००३ को विधानसभा निर्वाचनमा मञ्चको तर्फबाट देवी सिंह भाटीले मात्रै जित हात पार्न सके। तर लामो समय मञ्चमा टिक्न नसकेपछि उनी पनि बिजेपीतिरै समाहित हुन पुगे। 

सामाजिक न्याय मञ्चको असफलतापछि नै राजपुत समुदायलाई आरक्षण दिलाउने उद्देश्यले सन् २००६ को डिसेम्बर २३ मा करणी सेनाको जन्म भयो। करणी मातालाई राजपुतहरु लोकदेवीको रुपमा पुज्दछन्। उनै माताको नाममा समूहको नामकरण भएको हो। सो समयमा अजित सिंह प्रदेशाध्यक्ष बने भने तत्कालीन समयमा सामाजिक न्याय मञ्चका संयोजक रहेका लोकेन्द्र सिंह कालवी नवगठित करणी सेनाका संयोजकमा चुनिए।

करणी सेनाले स्थापनाकालदेखि नै विभिन्न मुद्दा तथा घटनाहरुमा आन्दोलन गरिरह्यो तर उक्त समूहलाई कसैले पनि खासै वास्ता गरेको देखिएन। जब सन् २००८ माच फिल्म ‘जोधा अकबर’को सुटिङ जयपुरमा चलिरहेको थियो तब करणी समूहले बाधा सिर्जना गर्दै सुटिङ सेट नै तोडफोड गरिदियो। 

आशुतोष ग्वारिकरले रोनी स्क्युवालासँग मिलेर निर्माण तथा एकल निर्देशन गरेको ‘जोधा अकबर’मा पनि राजपुत घरानाकी राजकुमारीको कथा उठाएर राजपुत समुदायको मानमर्दन गर्न खोजेको आरोप करणीले लगाएको थियो। जसले गर्दा  प्रदर्शन गर्न निर्माण पक्षलाई निकै पापड बेल्नुपर्यो। फिल्ममा १६औँ शताब्दीमा मुगल सम्राट जलालुद्दिन मोहम्मद अकबर तथा राजपुत घरानाकी राजकुमारीबीच विवाहमा परिणत हुन नसकेको प्रेम कहानीलाई कथावस्तु बनाइएको छ। 

सो समय करणी सेना लोकप्रिय भइसकेको थियो। त्यसकारण उक्त समूहलाई आफ्नो पार्टीमा गाभ्ने र राजपुत समुदायको जनमत प्राप्त गर्ने ध्याउन्नमा कंग्रेसले सन् २००८ मा समूहका संयोजक लोकेन्द्र सिंह कालवीलाई पार्टी प्रवेश गरायो। कालवीको कंग्रेस प्रवेश पछिक्रमशः करणी समूहमा फुट सुरु भयो। राजनीतिक पार्टीमा आबद्ध भएकोमा समूहभित्रै व्यापक विरोध भएपछि अन्ततः उनले करणी सेना भंग गर्ने घोषणा गरे।

तत्कालीन संयोजक कालवीले घोषणा गरे पनि समूह भने सतहमै रहिरह्यो। त्यसपछि समूहका प्रदेश अध्यक्ष अजित सिंह मामडोलीले सेनाको नेतृत्व लिए। त्यसपछि सन् २०१० मा नयाँ श्री राजपुत करणी सेना बनाएर श्याम सिंह रुआलाई यसको प्रदेशाध्यक्ष बनाइयो। यो नेतृत्व पनि लामो समय टिक्न सकेन। अजित सिंह मामडोली र रुआबीच विवाद बढेपछि सेनाका अध्यक्ष श्यामप्रताप रुआले करणी सेना नै छोडिदिए। 

सेनाले त्यसपछि पनि स्थायी नेतृत्व प्राप्त गर्न सकेन। उता कंग्रेस प्रवेश गरेका पूर्व संयोजक लोकेन्द्र सिंह कालवीले प्रदेशाध्यक्षको जिम्मेवारी सुखदेव सिंह गोगामेड़ीलाई दिए। तर गोगामेड़ीको खराब राजनीतिक इतिहास विवादको कारण बन्यो। गोगामेड़ीविरुद्ध २ वटा आपराधिक मुद्दा चलिरहेको थियो भने यसअघि नै उनी बहुजन समाजवादी पार्टीबाट २ पटकसम्म चुनाव लडेका थिए। यही विवादास्पद धरातलका कारण कालवी र गोगामेड़ीबीच लामो सहकार्य हुन सकेन। सो बेमेलपछि सुखदेव सिंह गोगामेड़ीले राष्ट्रिय श्री राजपुत करणी सेनाको नाममा अर्को संगठनको निर्माण गरे। 

उता कालवीको पनि राजनीतिक यात्रा स्थिर हुन सकेन। कंग्रेसपछि सन् २०१४ को विधानसभा निर्वाचनअघि उनी बहुजन समाजवादी पार्टीसँग जोडिन पुगे। तर यस पटकको चुनावमा पनि उनको दाबेदारी फितलो रह्यो। उनले एक पटक बाड़मेर–जैसलमेर स्थानबाट  लोकसभा चुनाव लडे तर आफ्नै पिता कल्याण सिंह कालवीको हातबाट हारको स्वाद चाख्नुपर्यो। कल्याण सिंह कालवी यसअघि चन्द्रशेखरको मन्त्रीमण्डलका एक सदस्य थिए।

यो हारपश्चात् राजपुत समुदायबीच लोकप्रिय नेता बन्न ३ टुक्रामा विभाजित करणी सेनाको बीच लडाइँ सुरु भयो। जसको असली दृश्य राजस्थानका अपराधी आनन्दपाल सिंहको ‘इन्काउन्टर’को समयमा देख्न पाइयो। उक्त समयमा यी तीनै नेताहरुले जनतालाई उत्तेजित तथा उक्साउने भाषण गर्दै राजपुत समुदायको ध्यान खिच्ने कोसिस गरिरहे। जसको शृंखला आजसम्म पनि निरन्तर चलिरहेको छ।  

धार्मिक तथा सीमित स्वार्थपूर्तिका लागि यी तीनै नेताहरुले आफ्नो संगठन हाँकिरहँदा एकत्रित हुने कुनै सम्भावना देखिँदैन। तर फरकफरक आधारमा टेके पनि सबैले राजपुत समुदायको हितमै काम गरेको दाबी गरिरहेका छन्। यो विषयमा भने उनीहरु अन्जान बनिरहेका छन्, उनीहरुका उत्तेजित पार्ने क्रियाकलापले धार्मिक तथा साम्प्रदायिक मुद्दाको संवेदनशीलतालाई कुन हदसम्म खलबल्याउँछ! 

करणी सेनाले लगाइरहेको आरोप यदि ‘पद्मावत’ले खण्डन गरिदिएको अवस्थामा आजसम्म भएका घटना, धनजनको क्षति तथा उब्जिएका तमाम प्रश्नको जवाफ के उनीहरुसँग होला? यही प्रश्नले निर्धारण गर्नेछ, कति पानीमा छ करणी सेना!

सीमित राजनीतिक स्वार्थका लागि भारतको केन्द्र सरकार तथा प्रान्तीय सरकारको अन्देखा गर्ने प्रवृतिले यस्ता घटनाहरुलाई बढावा दिएको मान्न सकिन्छ। सर्वोच्च अदालतको आदेशलाई पनि नमान्दा न्यायालयको सम्मान तथा विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमै लोकतन्त्रको उपहास भएको तर्क गर्न सकिन्छ।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  ०४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्