काठमाडौं– गत कात्तिकमा रिलिज भएको फिल्म ‘फाटेको जुत्ता’मा समावेश गीत ‘आई एम भेरी सरी’ बोलको गीतले युट्युबमा करोड भ्यु पाएको छ।
गत अगस्त २५ मा युट्युबमा सार्वजनिक गीतले यो समाचार तयार पार्दासम्म गीत १ करोड ३५ हजार भन्दा बढी पटक हेरिसकिएको छ। गीतमा ३ हजारभन्दा बढी कमेन्ट आएका छन्।
प्रवेश मल्लिकको शब्द, संगीत तथा स्वरमा रहेको गीतको भिडियोमा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरसिया, अनोज पाण्डे फिचरिङ छन्। तराईको परिवेशमा निरज कँडेलले छायांकन गरेको गीतमा कोरियोग्राफर राजीव समर हुन्।
अर्जुन कुमारको लगानीमा निर्माण भएको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्। फिल्मको सफलतासँगै निर्माताले 'फाटेको जुत्ता– २' निर्माणको घोषणा पनि यसअघि नै गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।