काठमाडौं– नेपाल चलचित्र संघले नेपाली फिल्महरुको व्यापारबारे अधिकांश भ्रामक र गलत समाचार सम्प्रेषण भएको निष्कर्ष निकालेको छ।
बुधबार बसेको संघको बैठकले पछिल्लो समय हरेक सिनेमाले अत्यधिक रुपमा व्यापार भएको गलत समाचार सम्प्रेषण गरेको भन्दै यसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
विभिन्न सञ्चार माध्यमका समाचार सम्प्रेषण भए जस्तो नेपाली फिल्मको व्यापार नभएको संघको निष्कर्ष छ। यस्ता किसिमका झुटा प्रचारप्रसारले नेपाली फिल्म क्षेत्रलाई प्रतिकूल असर पार्ने भन्दै अबदेखि सत्य-तथ्य व्यापारिक रिपोर्ट मात्रै सम्प्रेषण गरिदिन चलचित्र संघका वितरक सदस्यहरुलाई आग्रह गरेको संघका अध्यक्ष प्रदीप उदयले बताए।
यस्तै, संघको बैठकले ४५औं वार्षिक साधारणसभा आगामी चैत ६ गते बुटवलमा गर्ने निर्णय पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।