काठमाडौं– प्रेमकथामाथि फिल्म 'रानीमहल'को निर्माण हुने भएको छ।
बिहीबार राजधानीमा प्रत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो। वरिष्ठ कलाकारहरु नीर शाह र बिएस राणाको हातबाट पानसमा बत्ती बालेर फिल्मको शुभमुहूर्त समेत गरिएको थियो।
त्रिकोणात्क प्रेमकथाको विषय रहेको फिल्मको निर्देशन डेब्यु निर्देशक हिमाल न्यौपानेले गर्नेछन् भने विमल भुसालले निर्माण गर्न लागेका हुन्। फिल्मा प्रेमका साथै मित्रता, पुत्रमोह आदि विषयवस्तु पनि समेटिने निर्माता भुसालले जानकारी दिए।
फिल्ममा नीर शाह, बीएस रानाका साथै केशव भट्टराई, सुस्मिता बमजन, पशान्त ताम्राकार, दीपक क्षेत्री, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, वर्षा सिवाकोटी, आशिष अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ।
निरज कँडेलले छायांकन गर्ने 'रानीमहल'मा अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व रहनेछ।
करिब १ करोड ५० लाखको लगानीमा बन्न लागेको फिल्मको छायांकन काठमाडौंका साथै पोखरा, बुटवल, भैरहवा, चितवन लगायतका स्थानमा गरिने जनाइएको छ। निर्माण युनिटले माघको तेस्रो सातादेखि छायांकन थाल्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।