काठमाडौं- चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आउँदो बैसाखदेखि सबै फिल्म हलमा इ-टिकेटिङको व्यवस्था गर्ने प्रतिबद्धता जनाएकी छन्।
नवनियुक्त पौडेललाई बधाई तथा शुभकामना दिन पुगेका चलचित्र निर्माता संघको टोलीसँग उनलै इ-टिकेटिङको व्यवस्थाका लागि तयारी भइरहेको र आउने आर्थिक वर्षको मसान्तपछि बक्स अफिस लागू हुने प्रतिबद्धता व्यक्त गरिन्।
निर्माता संघले अध्यक्ष पौडेललाई सो अवसरका ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गर्नुपर्ने, बक्स अफिस अबिलम्व लागू गर्नुपर्ने र निर्माताले स्वतन्त्र रुपमा व्यापार गर्न पाउने अधिकारमाथि अंकुश लाउने काम तुरुन्त बन्द गर्नुपर्ने माग संघले राखेको छ।
संघका अध्यक्ष नवल खड्काको नेतृत्वमा पुगेको टोलीमा लय संग्रौला, उदय सुब्बा, किसान पोख्रेल, मनोज श्रेष्ठ, कृषा चौलागाईं, निरज ढकाल, निर्मल लामा, मदन कुमार इङनाम, शिवम् अधिकारी, किरण थापा, गुणराज श्रेष्ठ लगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।