काठमाडौं – गायिका अञ्जु पन्त ‘भ्यालेनटाइन्स डे’ अवसरमा एकल प्रस्तुति दिने भएकी छिन् । अञ्जुको स्वर प्रेमीका लागि उनलाई प्रत्यक्ष सुनेर मनाउने अवसर जुर्दैछ।
१४ फेब्रुअअरी अर्थात् ‘भ्यालेनटाइन–डे’का दिन नेपाली गायिका अञ्जु बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा ब्याण्डसहित एकल साँझमा प्रस्तुत हुँदैछिन् । जहाँ उनले प्रेममय आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने भएकी छन्।
धेरै प्रेम, विछोड र जीवन संघर्षका गीतका गाइसकेकी अञ्जुको सांगीतिक जीवनकै दोस्रो एकल साँझ हो । करिब दुई दशकको आफ्नो सांगीतिक यात्रामा यस
अघि उनी केही महिनाअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल साँझमा प्रस्तुत भएकी थिइन्।
उनी भन्छिन्, ‘दर्शक तथा श्रोता मेरा लागि आदर्श हुन् । उनीहरुसँग प्रेम दिवश मनाउन पाउँदा खुसी छु ।’ उक्त दिन अञ्जुले आफ्ना नयाँ तथा पुराना डेढ दर्जनभन्दा बढी प्रेममय गीतहरु प्रस्तुत गर्ने बताएकी छन्।
साया हेल्लो क्याफेमा यसअघि चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायकगायिकाले आफ्नो प्रस्तुती दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन्।
क्याफे तथा गजलबारले सञ्चालनको सुरुवातबाटै गुणास्तरिय खाना र स्तरीय गीतसंगीतले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । क्याफेका सञ्चालक रुल्ज गुरुङले बताए । उनले भने, ‘ग्राहकको चाहना हाम्रो मुख्य प्राथमिकता हो भने खुसी नै हाम्रो सन्तुष्टि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।