काठमाडौं- फिल्म 'गरुड पुराण' बन्ने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत फिल्म निर्माणको घोषणा गरिएको हो।
कमेडी विधामा बन्न लागेको फिल्म बिहीबारबाट छायांकनका लागि फ्लोरमा जाने भएको निर्माण युनिटले जनाएको छ। कसम नेपालको कथा, अजित फिल्मसको ब्यानर तथा आभाना प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई सुवास कोइराला र सुसन प्रजापतिले निर्देशन गर्ने भएका छन्।
काठमाडौंको कीर्तिपुरलाई छायांकनको मुख्य केन्द्रमा राखेर बन्न लागेको फिल्ममा कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरासिय, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट लगायतको अभिनय रहनेछ।
अभिनेत्रीका रुपमा आउना लागेकी प्रियंकाको यो डेब्यु फिल्म हो।
आउँदो भदौसम्ममा फिल्म प्रदर्शनमा आउने सुवास कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।