काठमाडौं– गत पुस १९ देखि २४ गतेसम्म चितवनमा मञ्चन गरिएको नाटक 'श्रीमान् वीरबहादुर' पुनः मञ्चन हुने भएको छ।
दर्शकको माग बमोजिम नाटक पुनः मञ्चन गर्न लागिएको नाटक निर्देशक तथा परिकल्पनाकार भीष्म जोशीले जानकारी दिए। नाटक माघ १२ देखि १५ गतेसम्म नारायणी कला मन्दिर, नारायणगढमा मञ्चन हुनेछ।
रामलाल जोशीको मदन पुरस्कार प्राप्त कथासंग्रह 'ऐना'भित्रको कथा 'श्रीमान् वीरबहादुर'को नाट्य रुपान्तरण गरेर कर्मी नाट्य समूहले नाटक तयार पारेको हो। चितवनपछि नाटक काठमाडौं र धनगढीमा समेत मञ्चन गरिने निर्देशक जोशीले जानकारी दिए।
'मोफसलमा नाटकघर निर्माणका लागि नाटक' भन्ने नाराका साथ समूहले यो नाटक मञ्चन गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।