काठमाडौं– श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज गरिएको छ। मंगलबार काठमाडौंको क्युज हलमा आयोजित कार्यक्रममा फिल्म निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरसँगै फिल्मका ३ वटा पोस्टर समेत सार्वजनिक गरियो।
फागुन ४ का लागि प्रदर्शन मिति तय गरिएको फिल्मको ट्रेलर यसअघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कठिनाइका कारण ढिलोगरी सार्वजनिक गरिएको निर्देशक आकाश अधिकारीले बताए।
फिल्ममा श्वेता र दयाहाङ राईका साथै अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय छ। मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोमका साथै राजधानीका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मलाई श्वेता आफैंले निर्माण गरेकी हुन्।
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ। फिल्म युनिटले यसअघि दुई वटा गीत सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।