• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पर्यटनमन्त्रीले भनेअनुसार के डिसेम्बरभित्र गौतमबुद्ध विमानस्थलको सञ्चालन सम्भव छ?

64x64
नेपाल लाइभ बुधबार, साउन २२, २०७६  ११:१३
1140x725

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७७ को बैसाखदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ।

प्राधिकरणले सन् २०१९ को डिसेम्बरसम्ममा विमानस्थल निर्माणको काम सकाउँदै बाँकी सबै प्रक्रिया पूरा गरी बैसाखदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो।

विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै प्राधिकरणले विमानस्थल सञ्चालनको तयारी थालेको हो। तर, विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणले नै सञ्चालन गर्ने कि निजी कम्पनीलाई दिने भन्ने विषयमा भने सहमति हुन सकेको छैन।

विमानस्थलको सञ्चालन जिटुजी मोडलमार्फत गर्न विभिन्न कम्पनीले चासो देखाउँदै आएका छन्।

विमानस्थल सञ्चालनको विषयमा अवको दुई महिनाभित्र निर्णय भइसक्ने नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बताउन थालेका छन्। मन्त्री भट्टराईले विमानस्थल सन् २०१९ को डिसेम्बरबाट सञ्चालन गर्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिए पनि प्राधिकरणले भने डिसेम्बरबाट विमानस्थल सञ्चालन गर्न नसक्ने स्पष्ट पारेको छ।

विमानस्थलको रन–वे निर्माणको काम सम्पन्न भइसकेको छ। नयाँ निर्माण भएको ३ हजार मिटरको रन–वेमा परीक्षण उडान डिसेम्बरभित्रै गर्न सकिने बताइएको छ। यद्यपि अन्तर्राष्ट्रिय उडानका लागि सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी उडान सुचारु गर्न भने निर्माण सकिएपछि पनि केही समय लाग्ने प्राधिकरण स्रोत बताउँछ।

‘मन्त्रीज्यूले डिसेम्बरबाट विमानस्थल अपरेसनमा ल्याउँछु भनेर इच्छा राख्नु राम्रो हो,' प्राधिकरण स्रोतले भन्यो, ‘डिसेम्बरसम्ममा निर्माण कम्पनीले निर्माणकार्य सकेमा सबै प्रक्रिया पूरा गर्दा २०७७ को बैसाखमा मात्रै विमानस्थल ’फुल फेज’मा सञ्चालनमा ल्याउन सकिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री भट्टराईले जुन अभिव्यक्ति दिँदै आएका छन्, सो कुरा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाआ)को मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरी विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन। मन्त्री भट्टराईले भनेका विषयलाई आधार मान्ने हो भने आगामी डिसेम्बरभित्र विमानस्थलमा आपतकालीन अन्तर्राष्ट्रिय उडानका विमान मात्रै अवतरण गर्न सकिन्छ।

तर, हाल सञ्चालनमा रहेका आन्तरिक उडान भने नयाँ रन-वेबाटै गर्न सकिने बताइएको छ।

‘सन् २०१९ डिसेम्बरभित्र विमानस्थलमा परीक्षण उडान गर्न सके गौरवको विषय हुनेछ,’ प्राधिकरण स्रोतले भन्यो, ‘अफिसियल रुपमा भन्दा डिसेम्बरदेखि नै विमानस्थल सञ्चालनमा आउँछ भन्नुपर्ने बाध्यता छ।’

विमानस्थलको निर्माणसँगै सञ्चालनका लागि आवश्यक उपकरण जडानको काममा कुनै विलम्ब नभएमा निर्धारित समयमै हुने प्राधिकरण बताउँछ। विमानस्थल निर्माण सक्नुपर्ने समय र उपकरण जडान गरिसक्नु पर्ने समय पनि सन् २०१९ को डिसेम्बरसम्म छ। सोही आधारमा पनि डिसेम्बरमै विमानस्थल सञ्चालनमा ल्याउन नसक्ने प्राधिकरणको दाबी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विमानस्थलको भौतिक पूर्वाधार निर्माण र उपकरणको जडानको काम सकिएपछि पनि बाँकी प्रक्रिया पूरा गर्न थप ३ देखि साढे ३ महिनाको समय लाग्ने प्राधिकरणको आँकलन छ।

उपकरण जडान र निर्माणको काम सकिएपछि पनि जडित उपकरण परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय चाहिन्छ। उक्त समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले अन्तिम प्रतिवेदन दिन थप ३० दिनको समय पाउँछ।

प्रतिवेदन तयार भएपछि पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन)मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ। अन्य प्रक्रियालाई केही कम गर्न सकिए पनि एआइपीलाई भने कम गर्न सकिँदैन। जसका कारण पनि उपकरण जडान र विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम डिसेम्बरमा सकिएको अवस्थामा त्यसको करिब ४ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बाँकी मापदन्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको भनाइ छ।

कहाँ पुग्यो निर्माण कार्य?
निर्माण कम्पनीले विमानस्थलको भौतिक पूर्वाधारको काम तीब्रताको साथ गरिरहेको छ। निर्माण कम्पनीले विमानस्थलको रन–वे निर्माणको काम सकिएको छ।

विमानस्थल सञ्चालनका लागि चाहिने पूर्वाधार र उपकरण पनि हो। आइसिबी जिरो-१ (पूर्वाधार निर्माण)को काम ७० प्रतिशत सम्पन्न भइसकेको छ। आइसिबी जिरो-२ (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)को पनि काम भइरहेको छ। पूर्वाधार निर्माणतर्फ अन्तिम चरणको काम बाँकी रहेकै अवस्थामा विमानस्थल यसै दिनबाट सञ्चालनमा ल्याउँछौं र यही दिन परीक्षण उडान गर्छौं भन्नसक्ने अवस्था भने नरहेको प्राधिकरण महानिर्देशक राजन पोखरेल बताउँछन्।

तर, छिटोभन्दा छिटो तोकिएको समयमै निर्माणको काम सम्पन्न गरी विमानस्थल सञ्चालनमा आउने उनको तर्क छ।

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कस्टम, अध्यागमन, क्वारेन्टाइन, एयरलाइन्सहरुलाई उडान अनुमतिलगायतका धेरै काम गर्नुपर्ने हुन्छ,' उनले थपे, 'विमानस्थलको निर्माणकार्य सम्पन्न हुनेबित्तिकै उडानअवतरण सुरु  हुने होइन।'

'हामीले डिसेम्बरसम्ममा निर्माणको काम सकिएमा बैसाखदेखि विमानस्थल अपरेसनमा ल्याउने गरी काम गरीरहेका छौ,' प्राधिकरण स्रोतले भन्यो, 'नयाँ रन-वेमा परीक्षण उडान गर्न सकिन्छ। अझै भिएफआरमा पनि हामीले प्रोसुडर मिलाउन सकेको अवस्थामा अन्तर्राष्ट्रिय उडान पनि गर्न सकिन्छ।'

चिनियाँ निर्माण कम्पनीसँग पहिलोपटक भएको सम्झौताअनुसार सन् २०१७ को डिसेम्बरमा विमानस्थल निर्माणको काम सक्नुपर्ने थियो। तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले काममा ढिलाइ भएकाले सन् २०१९ जुलाईसम्म समय थप गरिएको थियो।

त्यसमा पनि कम्पनीले निर्माणको काम सम्पन्न गर्न नसकेपछि तेस्रोपटक समय थप गर्दै २०१९ को डिसेम्बरसम्म काम सक्नुपर्ने समयसीमा छ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडिबी)को सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१(पूर्वाधार निर्माण) का लगि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।

यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ। यसैगरी ओएफआइडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ।

विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जामा मात्रै २३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यसबाहेक पनि प्राधिकरणको २ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने अवस्था छ।

विमानस्थल निर्माणमा भन्दा जग्गाको मुआब्जा दिँदा बढी रकम खर्च भएको छ। जग्गा मुआब्जामा मात्रै २३ अर्ब रुपैयाँ खर्च भएको छ। अहिले प्राधिकरणले कार्गो भवन निर्माण गर्नसमेत थालिसकेको छ। (तस्बिर- दीपक घिमिरे)

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  ११:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्