काठमाडौं– मंगलबार चितवनबाट पक्राउ परेका श्याम गुरुङ गुम्बे दुई जनाको हत्यामा संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या घटनामा सिआईबीले उनलाई पक्राउ गरेको हो। उनी गत वर्ष रुपन्देहीको देवदहमा भएको दुर्गा तिवारीको हत्यामा समेत संलग्न रहेको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
दुवै घटनामा उनी सुटरका रुपमा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका गुरुङलाई सिआईबीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।
भरतपुरको चम्पानगरबाट सिआईबीले उनलाई पक्राउ गरेको हो। बाराको गढीमाई घर भएका लामा पूर्वसैनिक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।