• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई पदबाट बिदा लिन पर्यटनमन्त्रीको सुझाव

'आराम गर्ने उमेरमा पनि कति आत्मविश्वास जागेको मदन सर!'
64x64
नेपाल लाइभ मंगलबार, साउन २१, २०७६  १२:३९
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष मदन खरेललाई  पदबाट राजिनामा दिन  सुझाव दिएका छन्।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई यू-टर्न नगर्दासम्म एक रुपैयाँ पनि नपाउने  भन्दै वर्तमान कार्यशैलीबाट प्रधानमन्त्री यु–टर्न हुन नसक्ने संकेत गरेका छन् ।

नेपाल लाइभलाई प्राप्त छलफलको अडियोमा मन्त्री भट्टराईले निगम अध्यक्ष खरेललाई घुमाउरो शैलीमा पदबाट मार्ग प्रसस्त गरिदिन सुझाव दिएका हुन्। 'तपाईंको बुढेसकालको उमेर लागिसकेको छ। यो त आराम गर्नुपर्ने समय हो। आराम गर्नुनै उचित हुन्छ। तर पनि तपाईं सहितको टिमको विश्वासको भने म कदर गर्छु,' भट्टराईले भनेका छन्।

निगमका उच्चपदस्थ कर्मचारीहरुसँग सोमबार भएको छलफलमा मन्त्री भट्टराईले निगमले अहिलेको योजनाअनुसार २० अर्ब रुपैयाँ पाउने अवस्थासमेत नभएको जिकिर गरेका हुन्। मन्त्री भट्टराईले निगमका कार्यकारी अध्यक्ष खरेलको कार्यशैलीलाई लक्षित गर्दै 'बुढेसकालमा पनि तपाईं नेपाल एयरलाइन्स चलाउँछु भनेर लागे पनि निगमको अवस्था भने नाजुक भइसकेको' बताएका छन्।  वर्तमान अवस्थामै आफ्नो साथ नरहने बताउँदै भनेका छन्,  'तपाईंहरुसँग यति खेरमात्रै साथमा हुनेछु, जतिखेर तपाईंहरुले ग्राफमाथि लैजानु हुन्छ। तपाईंहरुले जति ग्राफ माथि लैजान सक्नुहुन्छ, मैले त्यति नै माथिल्लो तहसँग कन्भिन्स गर्न सक्ने हो।'

मन्त्री भट्टराईले निगमले मागेको २० अर्ब रुपैयाँ प्राप्तिमा आफूले कुनै पहल गर्न नसक्ने समेत स्पष्ट पारेका छन्। ‘तपाईंले प्रधानमन्त्रीसँग के वाचा गर्नु भएको थियो, त्यो पूरा गर्नुहोस्,' उनले भनेका छन्, 'म २० अर्ब रुपैयाँको लागि प्रधानमन्त्रीलाई कन्भिन्स गर्न सक्दिनँ। तपाईंले नै काम गरेर प्रधानमन्त्रीलाई यू-टर्न गर्न सक्नुपर्छ। जब तपाईंहरुले सुधारको ग्राफमाथि लैजानुहुन्छ, त्यसपछि मात्रै आफूलाई प्रधानमन्त्रीसँग कन्भिन्स गर्न सहज हुनेछ।'

उनले अध्यक्ष खरेललाई सचेत गराउँदै निगम नै विघटन भएको सन्देश दिनेगरी काम गर्न भने हालको निगम व्यवस्थापनलाई छुट नभएको चेतावनीसमेत दिएका छन्।
उनले विमानस्थल थपिने क्रम जारी रहेकोले समयमै बजार विस्तारमा समेत आवश्यक तयारी गर्न निगम नेतृत्वलाई सुझाव दिएका थिए।

निगमका उच्चपदस्थ कर्मचारीहरुसँगको छलफलमा मन्त्री योगेश भट्टराईले दिएको अभिव्यक्तिको सम्पादित अंशः

नेपाल एयरलाइन्सको अवस्थालाई बुझ्दा योभन्दा पहिलै नै म यहाँ आइसक्नु पर्ने थियो। कतिपय कामको व्यस्तताको कारणले केही दिनपछि मात्रै म यहाँ आएको हुँ।

तपाईंहरुको प्रस्तुति सुन्दा हामी गम्भीर मोडमा छौं भने निष्कर्ष निस्कन्छ। वास्तवमा हामी गम्भीर स्थितिमा पनि छौं।

Ncell 2
Ncell 2
nimb
nimb

किनकी निगमका बारेमा प्रत्येक दिन कुनै न कुनै मिडियामा समाचार आएको हुन्छ। आएका समाचार सकारात्मक छैनन्। समाचारको उत्पादन त यही भवनबाट भइरहेको छ। हामी राष्ट्रिय ध्वजाबाहक भएका कारण यसबाट उन्मुक्ति पाउन सक्दैनौं।

यसको निराकरण गर्न पहिलो दायित्व भनेको निगमका अध्यक्ष, बोर्डका सदस्यहरु र विभिन्न जिम्मेवारीमा रहनुभएका कर्मचारी साथीहरुको नै हो। राष्ट्रिय ध्वजाबाहकलाई बचाउने कि नबचाउने तपाईंहरुको दायित्व हो।

यहाँहरुले बचाउन सक्नुभएन, हातखुट्टा नै छोडेर हिँड्नुभयो भने त सरकारले के गर्ने भनेर सोच्नुपर्छ। तर, पहिलो दायित्व त तपाईंहरुकै हो। यसका लागि नै सरकारले तपाईंहरुलाई नियुक्ति गरेको हो।
यसबाट भाग्न पाउनु हुन्न। तपाईंहरु भागेर जाने ठाउँ पनि छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जहाँ भागेर गए पनि निगमलाई थला पारेर वा विघटन नै गरेर गएपछि संसारको जुनसुकै कुनामा जानुहोस् वा गल्लीमा जानुहोस्, तपाईंलाई यसले नेपाल वायुसेवा निगम डुबाएर आएको त भनिहाल्छन्। तपाईं हाम्रो परिचय त्यही हुन्छ। जहाँ जादाँ पनि घोसेमुन्टो लगाउनुबाहेक केही विकल्प हुँदैन हामीसँग।

व्यक्तिमा इगो त हुनु हुँदैन भन्छन्। तर, कतिपय अवस्थामा त्यो इगो पनि चाहिन्छ। प्रधानमन्त्रीज्यूले तपाईंहरुकै कार्यक्रममा यही अवस्थामा रकम दिन सक्दैनौं भन्नुभएको थियो। अब सरकारबाट पैसा थप गर्ने हो भने तपाईंहरुले आशा जोगाउने ठाउँ कहाँ हो त? त्यसको ग्यारेन्टी गर्नुपर्छ।

हुन त यो वायुसेवा भएकाले सेवा पनि हो। यसको एउटा पाटोमा सेवा छ। यद्दपि यो त राष्ट्रिय ध्वजाबाहक भएको कारण निजी वायुसेवा कम्पनीले जस्तो सेवा दिन सकेनौं, थन्काउँछौं पनि भन्न मिल्दैन।

यसमा त राज्यको लगानी छ। यसले विभिन्न ठाउँमा सेवा पनि दिएको छ। पहाडी तथा दुर्गम क्षेत्रमा पनि सेवा दिएको छ। यो ज्यादै राम्रो विषय पनि हो। आज जस्तो अवस्थामा आइपुगे पनि विगतको इतिहास गौरव गर्न लायकको नै छ।

त्यो ठाउँमा पुर्‍याएको पनि तपाईंहरुले नै त होला नि। कोही प्रधानमन्त्री आएर त यहाँ व्यापार गरेको त हैनन् नि।

कुनैबेला अरु कुनै एयरलाइन्स नचढेर विदेशी पर्यटकहरु पनि हाम्रो नेपाल एयरलाइन्सनै चढ्थे। त्यसमा पनि तपाईंहरुकै योगदान त छ। फेरि पनि तपाईंहरुले गर्न सक्नुहुन्छ। किनकी हिजो सक्छौं भनेर प्रमाणित गरिसक्नु भएको छ। आज फेरि तपाईंले परीक्षा दिँदै प्रमाणित गर्नुपर्छ।

अब हामीसँग के-के विकल्प छन्, विकल्पहरुको प्राथमिकता निर्धारण गरेर अगाडि बढ्नुपर्छ। प्राथमिकतामा सम्भावनाहरु हेर्नुपर्छ। प्राथमिकतामा सम्भावनाहरु छैनन् भने छोड्नुपर्छ। सम्भावना नभएको ठाउँमा धस्सिएर बस्नु पनि हुँदैन। तर, नेपाल एयरलाइन्स विघटन हुन छुट छैन। विघटनको सन्देश दिन छुट छैन।

नेपाल एयरलाइन्स यो ठाउँमा आइपुग्नुको कारण आन्तरिक असमझदारी हो। राजनितिक पार्टीमा गुटबन्दी हुन्छ भने यहाँ पनि गुटबन्दी नै हो। एकले अर्कोलाई भरोसा नै गरिँदैन।

राजनितिक दलमा गुटबन्दी भएको अवस्थमा पद बाँडेर मिल्ने काम हुन्छ। तर, बिजनेस गर्नेले पद बाँडेर मिलाउने काम गर्न हुन्न। निगमको नेतृत्वले तलको कर्मचारीदेखि सबै माथिल्लो तहको कर्मचारीसम्मको विश्वास जित्न सक्नुपर्छ।

विश्वास जित्न सक्ने बनाउने दायित्व अध्यक्षको हो। सबैको विश्वास लिन सक्नुभयो भने जस्तोसुकै पहाड पनि पल्ट्याउन सक्नुहुन्छ।

भएका जहाजहरु फूल फेजमा उडाउन सक्नुपर्छ। किन चलिरहेका छैनन्? जनशक्ति छैनन् कि, भएका पाइलटले पनि जहाज उडान पाएका छैनन्? जहाज नउडाउँदा पनि ४५ घन्टाको तलब खाइरहेको भन्ने कुरा सुनेको छु।

हाम्रा नेपाली पाइलटहरुले जहाज उडाउन पाउनु पनि पर्छ। योग्यता नै छैन भने त अध्यक्षज्यूले विचार गर्नुहोस्। तर, योग्य छ, पटक-पटकको उडानबाट उ पास भएसकेको छ भने सानातिना असमझदारीका कारण विदेशी पाइलट ल्याउँदै रकम बाहिर जाने काम बन्द गर्नुपर्छ। यी सबै कुरा मिलाउने दायित्व कार्यकारी अध्यक्ष खरेल सरको नै हो।

अध्यक्षज्यूले २० अर्ब रुपैयाँ चाहियो भनिरहनु भएको छ। यत्रो संस्थाका लागि मुलुकको २० अर्ब रकम ठूलो त होइन। तर, त्यसले रिटर्न के दिन्छ? राज्यको लगानी गर्नुपर्ने ठाउँ त अन्त पनि छन् नि। २० अर्बमा त माथिल्लो तामाकोसी हाइड्रोको आधा काम गरिन्छ। राज्यले त्यो पनि हेर्छ। फास्ट ट्र्याक, विमानस्थल निर्माणको विषय पनि छ। राज्यको त आफ्नो-आफ्नो प्राथमिकता छ। यस हिसाबले हेर्न हो भने २० अर्ब ठूलो हुन्छ। तर, यो संस्थालाई २० अर्ब दिऊँ भन्दा दिन सकिन्छ, त्यो ठूलो कुरा होइन। तर, यहाँहरुले मुख्यतया प्रधानमन्त्रीज्यूलाई त्यो विश्वास कसरी दिलाउनु हुन्छ भन्ने मुख्य कुरा हो। म त कोसिस गर्छु। तर, प्रधानमन्त्रीले मान्नु भएन भने पैसा झर्नेवाला छैन।

सपथग्रहणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बधाई ग्रहण गर्दै मन्त्री भट्टराई।

उहाँले मान्नुपर्छ। एक किसिमले भन्ने हो भने मदन सर, तपाईंले प्रधानमन्त्रीलाई यू-टर्न गर्नुपर्छ। गराउन सक्नुहुन्छ भने गराउनुहोस्। त्यसपछि म सहयोग गरौंला। म पनि केही ठेलमठाल गर्न त सहयोग गरौंला तर मुख्य दायित्व तपाईंको नै हो। प्रधानमन्त्रीको हाउभाउ हेर्दा २० अर्ब रुपैयाँ लिन उहाँलाई नै यू-टर्न गर्नुपर्छ।

उहाँ त्यो ठाउँमा किन पुग्नुभयो? यो विषय पनि निकै गम्भिर कुरा हो। तपाईंलाई सरकारले ल २० अर्ब रुपैयाँ त दियो, अब तपाईं के गर्नुहुन्छ? तपाईंले त २० अर्ब पाएपछि दायित्व र ऋण ब्यालेन्स गर्ने भन्नुभएको छ। तर, सरकारले यो योजनामा रकम दिँदैन।

म ग्यारेन्टी गर्न त सक्दिनँ। यद्यपि यस्तो योजनालाई सरकारले पैसा दिन सक्दैन जस्तो मलाई लागेको हो मदन सर। प्रधानमन्त्रीले यही योजनाअनुसार रकम दिनु भएछ भने त खुसी नै मनाउँला। तर, यो बडा गाह्रो छ। २० अर्ब रुपैयाँ लिनका लागि तपाईंले अर्को वैकल्पिक योजना दिनु न त मदन सर!

त्यो पैसा ल्याएर के गर्नुहुन्छ? त्यो पैसाले जहाज खरिद गर्नु न त? किन ऋण तिर्ने? जहाज खरिद गरेर उडाउनु त। धमाधम विमानस्थलहरु बन्दैछन्। चीनसँग पनि हामीलाई १५ वटा विमानस्थलमा उडान गर्न दिने गरी सम्झौता भएको छ।

हामीसँग आवश्यक मात्रामा बजार पनि छ। हामी यो पुरानो विकल्प छोडेर नयाँ विकल्पसहित पैसा मागौं न त। मेरो भनाइ कस्तो लाग्छ, तपाईंहरु सल्लाह गर्नुहोस्।

इन्धनको मूल्यमा सहुलियत दिने विषयमा म केही गर्ने कोसिस गर्छु। यसले हामीलाई मात्रै नभई सबैलाई फाइदा हुन्छ।

अर्को विषय हो 'ग्राउन्ड ह्यान्डलिङ'। यसैको नाफाबाट कर्मचारीको तलब खुवाउनेदेखि केही काममा सहजता भएको छ। त्यो पनि बन्द भयो भने विचरा साथीहरु कता जाने? दसैंमा के गर्ने हुन्। ग्राउन्ड ह्यान्डलिङलाई पनि स्मार्ट बनाउनुपर्छ।

नेपालबाट जाने र नेपाल आउने एयरलाइन्सको सबैभन्दा पहिलो कुरा भाडा महँगो छ। महँगो भाडा तिरेवापतको सेवा हामीले दिएका छौं कि छैनौं? विमानको ढोकासम्म जाने र ढोकाबाट गेटसम्म आउने बसको अवस्था कस्तो छ? त्यो त नेपाल एयरलाइन्सले दिएको सर्भिस हो नि।

अहिले अन्तर्राष्ट्रियतर्फ प्रयोग भएका बसहरु आन्तरिकतर्फ पठाए हुन्छ। नयाँ अरु बस खरिद गर्नुपर्छ। यहाँ खर्च गर्न आउने विदेशी टाटा बसमा झुन्डिन त आउँदैन। कति पैसाको टिकट काटेको छ, कतिको होटल बुक गरेको छ। विचारा उसले कहाँबाट कमाएर ल्याएको छ। तर, काठमाडौं विमानस्थलमा आएपछि टाटा बसमा झुन्डिने काम भएको छ, त्यो हुँदैन। सरले यसलाई कति दिनमा बदल्नुहुन्छ? बदल्नुहोस्।

अरु एयरलाइन्सले टाटा चलाउँछ भने त्यो पनि बन्द गर्नुहोस्। एयर इन्डियाले त्यस्तो बस त्रिभुवन विमानस्थलमा चलाउँछ भने त्यसलाई रक्सौल कटाउनुपर्छ। उसले दिल्ली विमानस्थलमा कस्तो बस चलाउँछ? यहाँ जस्तो त चलाउन पाउँदैन। हाम्रो विमानस्थलमा टाटा बस चलाएर हामीलाई हेप्ने काम कदापि गर्न दिनु हुँदैन।

यो हाम्रो इज्जतको कुरा पनि हो। कसैले सेल्फी खिचेर फेसबुकमा हाल्यो भने टाटा बसको पनि फोटो जान्छ। यसले हाम्रो अवस्था देखाउँछ।

कतिपय अवस्थामा जिम्मेवारी नै बदल्नु पर्ने भए आन्तरिक हिसाबले गर्नुपर्छ। त्यो तपाईंहरुको विषय हो मदन सर! त्यसमा मैले यो मान्छेलाई त्यहाँ पठाउनुहोस् पनि भन्दिनँ।

जहाज खरिद गर्दा प्रक्रियाहरु के-के भएका थिए, कस्ता भएका थिए?, त्यो छानबीन भइरहेको छ, हुन दिनुहोस्। केही फरक पर्दैन। अब आउने दिनमा त्यसबाट हामीले सिकेर अगाडि बढ्नुपर्छ। जहाज किने काम नै त बन्द भएको छैन नि!

फेरि पनि हामी जहाज त किन्छौं। त्यसमा पनि मदन सरले २० अर्बको प्लान-२ पेस गर्नुभयो भने प्रधानमन्त्रीसँग छलफल गरेर जहाज त किन्न सकिन्छ नि। अब जहाज खरिद गर्दा सबै तवरबाट पारदर्शी हुनुपर्छ। यसमा लुकाछिपी गर्ने कुरा हुँदैन।

आर्थिक हिसाबले कुनै पनि लाभ छ भने त्यसको पछाडि लाग्ने होइन। हामीलाई त्यसमाथि नै ज्यादा प्रश्न उठाइरहेका छन्। अदालतले अल्झ्याएको छ। अख्तियारले अल्झ्याएको छ। संसद्‌ले पनि अल्झ्याएको छ भने त हामीले वाइडबडी ल्याएर पनि सञ्चालन गर्न सक्दैनौं। जसका कारण हाम्रा जहाज ग्राउन्डेड भएको-भयै हुन्छन्। 

जहाज खरिद गर्दा पारदर्शीतालाई सबै तवरबाट प्रयोग गर्नुपर्छ। हामीले केही पनि गर्न सकेनौं भनेर हातखुट्टा छोडेर बस्नु हुँदैन, अहिले हामीसँग जे छ त्यसलाई फुल फेजमा अपरेसन गर्नुपर्छ।

भोलिदेखि नै के–के सुधार गर्न सकिन्छ गरिहालौं। हामीले काम गर्दै जाने हो भने प्रधानमन्त्रीलाई पनि विश्वास दिलाउन सक्ने आधार हुन्छ। हामी आइकाओ तथा अन्य देशको सेफ्टी अडिटसँग जति डराएर काम गर्छौं, हाम्रो काममा पनि प्रधानमन्त्री, सरकार, राजनितिक दल तथा जनताले पनि त अडिट गरिरहेकै छन् भने सोचेर काम गर्नुपर्छ। हामीले आफूलाई सुधार गरेको अवस्थामा 'माग्ने' भएर माग्न पनि सजिलो हुन्छ। यसका लागि राम्रो कामको ग्राफ माथि जानुपर्छ।

यहाँहरु सबैलाई चिन्ता त होला, मदन सरकै कति किलो तौल घटिसकेको होला, सुत्न पाउनु भएको छैन होला, पत्रकारले खेदेका होलान्, मदन सरलाई अहिले आएर त कहाँ हिडेको मान्छे यस्तो खाडलमा परियो जस्तो पनि लागेको होला। यो उमेरमा घरमै आराम गरेको भए त यस्तो तनाव लिनुपर्दैन थियो होला। बिचरा भाउजुलाई कति तनाव होला। यस्तो अवस्थामा पनि उहाँले म चलाउँछु भनिरहनु भएको छ। तपाईंहरुको टिमको विश्वासलाई कदर गर्छु।

तपाईंहरुसँग यति खेरमात्रै साथमा हुनेछु, जतिखेर तपाईंहरुले ग्राफमाथि लैजानु हुन्छ। तपाईंहरुले जति ग्राफ माथि लैजान सक्नुहुन्छ, मैले त्यति नै माथिल्लो तहसँग कन्भिन्स गर्न सक्ने हो।

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
दशैं तिहारमा राराताल आउने पर्यटक बढे
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा बुधबार, कात्तिक ११, २०८३
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्