नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
सुदूरपश्चिम रोयल्स प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।
यता, पोखरा एभेन्जर्स भने यस सिजनको पहिलो खेल खेल्दैछ। गत संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोखरा यसपटक सुखद सुरुवात गर्ने योजनामा छ।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। दुवै टोली जितका लागि प्रतिस्पर्धा गर्दा आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।