• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अनुमति नै नपाएको कम्पनीलाई क्यासिनो सञ्चालनमा रोक नलगाउन सर्वोच्चको आदेश 

64x64
नेपाल लाइभ सोमबार, माघ ८, २०७४  २०:२४
1140x725

काठमाडौं- सर्वोच्च अदालतले पर्यटन विभागबाट जारी हुने अनुमतिपत्र नै नपाएको कम्पनीलाई क्यासिनो सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। 

क्यासिनो सञ्चालनका लागि अनुमतिपत्र लिने प्रक्रिया अन्तर्गत निवेदन मात्र दिएको एक कम्पनीलाई भावी प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले क्यासिनो सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको हो।  

काठमाडौंको होटल मल्लमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा निवेदन दिएको बेल्लिज नेपालको रिटमा जोशीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेश जारी गरेको हो। 

सरकारले क्यासिनो सञ्चालनका लागि ०७० साउन १ गते क्यासिनो नियमावली बनाएको थियो। उक्त नियमावलीको नियम ३ मा क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने र नियम ४ मा इजाजतपत्र लिनुअघि प्रचलित कानुन बमोजिम  कम्पनी सञ्चालन हुनुपर्ने उल्लेख छ। 

निवेदक बेल्लिज नेपालका ज्ञानेन्द्र श्रेष्ठले पुस २० गते दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै वरिष्ठ न्यायाधीश जोशीको इजलासले क्यासिनो नियमावलीको नियम ४, ५ र ८ पूरा गरेको भन्दै होटलले तिर्न बाँकी राजश्व रकम समेत बुझाउनु नपर्ने आशय राख्दै आदेश दिएको हो।

यस्तो थियो घटना 

काठमाडौंको होटल मल्लमा ०६९ सालसम्म क्यासिनो सञ्चालनमा थियो। ०६९ मा क्यासिनो सञ्चालक र होटलबीच रोयल्टी रकम कसले बुझाउने भन्ने विवाद सुरु भयो। उक्त विवादपछि होटलमा क्यासिनो सञ्चालन गर्दै आएको कम्पनीले रोयल्टी तिर्ने दायित्व होटलको भएको सम्झौता देखाई राजस्व तिर्न अस्वीकार गर्‍यो।

लगत्तै उसले मल्ल होटलसँगको सम्झौता तोड्दै राजश्व रकम बुझाएन। सरकारले उक्त राजश्वको दायित्व मल्ल होटलको भएको भन्दै ताकेता गरिरहे ५ वर्ष होटल मल्ल मौन बस्यो।

Ncell 2
Ncell 2
nimb
nimb

०७४ सालमा मल्ल होटलमा क्यासिनो सञ्चालन गर्ने भन्दै नेपाली कम्पनी बेल्लिज देखा पर्‍यो। उसले मल्लसँग सरकारलाई बुझाउने रकम आफैंले तिरेर क्यासिनो सञ्चालन गर्ने सम्झौता गर्‍यो। सम्झौतापछि बेल्लिजले क्यासिनो सञ्चालनका लागि अनुमतिपत्र लिन पर्यटन विभागमा निवेदन दियो।

क्यासिनो सञ्चालनवापत विभिन्न होटलको क्यासिनोबाट पाउनुपर्ने अर्बौं राजश्व गुमेपछि सरकारले ०७० साउन १ गते क्यासिनो नियमावली जारी गरेको थियो। सोही नियमावली अनुसार बेल्लिजले संस्था दर्ताका लागि निवेदन दिएको थियो।  यसअघि पर्यटन विभागको टिप्पणी र आदेशकै भरमा क्यासिनो सञ्चालनको अनुमति वितरण हुँदै आएको थियो। 
विभागले यसअघि क्यासिनो सञ्चालन गरेका होटलहरुले बक्यौता राजश्व नबुझाएसम्म पुन: अर्को कम्पनीलाई अनुमति नदिने प्रावधान समेत लागू गर्यो ।  सो प्रावधानलाई मान्ने भन्दै बेल्लिजले मल्ल होटलका तर्फबाट बाँकी रहेको बक्यौता बुझाउन सहमत भएको दाबी गर्योो। उक्त दाबीपछि विभाग र मन्त्रालयले ०७३ चैत ३० गते कम्पनीको संस्था दर्ताको अनुमति प्रदान गर्‍यो। तर, उसले क्यासिनो सञ्चालनको इजाजतपत्र पाउन भने बाँकी नै थियो।

संस्था दर्ता भए लगत्तै उसले ०७४ बैशाख ३ गते स्थायी लेखा नम्बर लियो भने बैशाख २२ गते उद्योग विभागवाट उद्योग दर्ताको प्रमाणपत्र पायो। दुवै निकायबाट स्वीकृति पाए लगत्तै उसले मल्ल होटलमा क्यासिनो नियमावली अनुसार पूर्वाधार निर्माण गर्न थाल्यो।

मल्ल होटलको बक्यौता रोयल्टी बुझाएर विभागबाट सञ्चालनको अनुमतिपत्र लिनुपर्ने भए पनि उसले त्यसलाई बेवास्ता गर्दै पूर्वाधार निर्माण अघि बढायो। पूर्वाधार तयार भएपछि गत पुस २ गते नियमावलीको व्यवस्था अनुसार इजाजतपत्रका लागि विभागमा निवेदन दियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उसले सम्पूर्ण बक्यौता कर बुझाउनुपर्नेमा इजाजतपत्रका लागि लाग्ने ५ लाख दस्तुर मात्र बुझाउँदै निवेदन दियो। उक्त निवेदनमा जवाफ लेख्दै विभागले पुस ३ गते मल्ल होटलको बक्यौता फरफारक गरेपछि मात्र अनुमतिपत्र दिन मिल्ने बतायो। त्यसको भोलिपल्टै राजश्व चुक्ता भएपछि मात्र पूर्वस्वीकृति सम्बन्धी प्रक्रिया अघि बढाउन सकिने पत्र विभागले फेरि पठायो।

विभागको उक्त पत्रपछि मल्ल होटलले पुस ११ गते २५ लाख रुपैयाँ बुझायो। मल्लले किस्ताबन्दी रुपमा राजश्व बुझाउन माग गर्दै निवेदन समेत पेश गर्‍यो। राजश्व कार्यालयले वर्षौंपछि आएर होटलले राजश्व बुझाएकाले किस्ताबन्दी गर्न नसकिने जवाफ दियो।

उक्त जवाफपछि बेल्लिजले पुस २० गते सर्वोच्चमा रिट दायर गर्योक। उक्त रिटमा एकपक्षीय सुनुवाई गर्दै वरिष्ठ न्यायाधीश जोशीले क्यासिनो सञ्चालनमा रोक लगाउनु अपूरणीय क्षति हुने आदेश गर्‍यो। पेशा व्यवसाय गर्न पाउने बेल्लिजको हकमा समेत आघात पुग्ने भएकाले मुद्दाको किनारा नलागेसम्म अन्तरिम आदेश कायम हुने आदेश समेत एकल इजलासले गर्‍यो।

सर्वोच्चको आदेशमा क्यासिनो नियमावली जस्तो विशेष रुपको कानुनले पर्यटन उद्योगलाई प्रश्रय नगर्ने भन्दै व्यवसाय सञ्चालन गर्ने क्षेत्र मल्ल होटलमा सञ्चालन गर्न लागिएको क्यासिनो सञ्चालनमा रोक लगाउन नमिल्ने भनिएको छ। 

सर्वोच्चको आदेशपछि पर्यटन विभाग अन्यौलमा

सर्वोच्चको यो आदेशपछि अनुमतिपत्र नै नपाएको कम्पनीले इजाजतपत्रबिनै क्यासिनो सञ्चालन गर्न पाउने देखिएको पर्यटन विभागको तर्क छ। 

‘राज्यले पाउनुपर्ने राजश्व उठाउन खोज्दा अदालतबाटै सीधै सञ्चालनको अनुमति प्रदान भएको छ’,  पर्यटन विभागका एक अधिकृतले भने, ‘पर्यटन विभागले क्यासिनो नियमावली अनुसार जवाफ दिनुपर्ने होला। के लिखित जवाफ पेश गर्ने हो भनेर दोधारमा छौं।’ 

उक्त आदेश खारेजीका लागि भ्याकेटमा निवेदन दिने विषयमा महान्यायाधीवक्ता कार्यालयसँग सल्लाह भइरहेको ती अधिकृतले बताए। सर्वोच्चको एकल इजलासको आदेश खारेजीको माग गर्दै निवेदन दर्ता गर्ने वा लिखित जवाफबाटै खारेजीको माग गर्ने भन्ने विषयमा छलफल भइरहेको ती कर्मचारीले बताए।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले विभागको निर्णय अनुसार भ्याकेटमा गए पनि सरकारी वकिलको कार्यालय तयार रहेको बताए। सर्वोच्चबाट क्यासिनोको विषयमा आएको आदेश गलत भएकाले सच्याएर खारेज गराउने पक्षमा निर्णय हुने रेग्मीले बताए।

रेग्मीले अनुमति दिने वा नदिने विषयमा आदेश हुनुपर्नेमा सञ्चालन गर्न दिनु भन्ने आशयमा आदेश जारी भएकाले सर्वोच्चबाट त्रुटिपूर्ण आदेश भएको बताए ।

यस्तो छ सर्वोच्चको आदेश 


बेल्लिजले दायर गरेको निवेदन-

प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्