• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अब प्रिमियर लिगमा भिएआर : के खल्लो बनाउँछ खेल ?

64x64
ऋग्वेद शर्मा सोमबार, साउन २०, २०७६  १६:५१
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आउँदो शनिबार राति पौने १ बजे लिभरपुल र नरविच सिटीको खेलसँगै सुरु हुँदै छ। तर नयाँ सिजन खेलहरुलाई लिएर भन्दा पनि उत्सुकता ‘भिएआर’लाई लिएर भइरहेको छ। 

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) नयाँ सिजनसँगै प्रिमियर लिगमा सुरु हुन लागेको हो। पछिल्लो दुई वर्षमा विश्वकप र च्याम्पियन्स लिगसँगै विश्वका प्रमुख लिगहरुमा भिएआरको प्रयोग बढीरहेको छ। २०१८ मा भएको रसिया विश्वकपका बेला भिएआरले गर्दा फुटबलको रमाइलो खल्लो भएको भन्ने तर्क अहिले प्रिमियर लिगमा पनि जोडिएको छ।

यस्तै बहसले भिएआर प्रयोगमा आउन धेरै समय लाग्यो। किनभने यसले फुटबल खेलको गति र रोमाञ्चकतालाई बिगार्न सक्ने धेरैको डर पहिलेदेखि नै थियो।

आलोचकहरुका अनुसार रेफ्रीहरुले भिएआर प्रयोग गरेर फुटेज हेर्दै निर्णय गर्दा त्यसले खेलमा बाधा दिन्छ। त्यस्तै यसले रेफ्रीको महत्वपूर्ण भूमिकालाई ओझेलमा पार्ने र खेलमा निर्णयको लागि यसमा भर पर्न बाध्य हुने अवस्था ल्याउने बताउँदै आएका छन्।

यसका समर्थकहरु भने यस्ता कुराको खण्डन गर्छन्। यसको प्रयोग गर्दा खेलमा निर्णय गर्न समस्या भएको बेलामा मात्रै खेल रोकिने भएकाले खासै फरक नपर्ने उनीहरुको दावी छ। यसले रेफ्रीबाट हुन सक्ने गलत निर्णय धेरै मिल्ने अवस्थासम्म हटाउने भएकाले यसको प्रयोग आवश्यक रहेको उनीहरुको धारणा छ।

भिएआरको प्रयोग भइरहेका समयमा खेलाडी र दर्शकले अन्तिम निर्णय लिने समय अघि थाहा नपाउन् भनेर प्रयास भइरहेको छ। यसले खेलमा धेरै समय रोकिनु नपरोस् र खेलमा देखिएको तिब्रताको रोमाञ्चकता कम नहोस् भन्नेमा विचार गरिएको देखिन्छ। यसैले भिएआरले मैदानमा भएका हरेक क्रियाकलापलाई खेल दौरानको हरेक समय नियालिरहेको हुन्छ।

२०१८-१९ कै सिजन इंग्ल्याण्डमा एफए कपका ६९ खेलमा भिएआरको प्रयोग भएको थियो। जसमा ६ वटा गोल रिभ्यू, ६ वटा पेनाल्टी रिभ्यू, दुई वटा रातो कार्ड रिभ्यू गरिएको थियो। यसलाई समग्रमा हेर्दा एउटा रिभ्यूका लागि ८४ सेकेण्ड समय खर्च भएको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले प्रिमियर लिग हुने सबै मैदानमा भिएआर प्रयोग गर्न मिल्ने प्रविधि जडान भइसकेका छन्। जसले गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले कम्प्युटरमा हेरिरहेको दृश्य दर्शकले टिभी स्क्रिनमा देख्नेछन्।

भिएआरले कसरी काम गर्छ ?

भिएआर थप एक रेफ्री जस्तै हो। जसले खेल हेरेर अफिसियलहरुलाई निर्णयमा सल्लाह दिन्छ। केही रेफ्री भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा कम्प्युटर स्क्रिन अगाडि रहेका हुन्छन्।

उनीहरुको सहयोगीसहितको टिममा खेल भइरहेको मैदानबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्। जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिएआरले सबै खेल पूरै हेरिरहेको हुन्छ। यदि उनीहरुले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। रेफ्रीले नै आवश्यक ठानेमा पनि उनी भीएआर टिमसँग जोडिन सक्छन्। अथवा रेफ्रीले आफूले निर्णय दिइसकेपछि पनि केही दुबिधा भएर भिएआरको सहयोग लिन चाहेमा लिन सक्छन्।

यसरी हेर्दा भिएआरले सल्लाह दिने मात्रै हो। यदि भिएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने मैदानमा रहेका रेफ्रीमा नै हुन्छ। उनैले भिएआरको फुटेज हेरेर अन्तिम निर्णय लिन सक्छन्।

प्रयोग भएको कसरी थाहा पाउने ?

भिएआरको सम्पूर्ण प्रणाली रेफ्रीमा केन्द्रित हुन्छ। यसको प्रयोगको तीन तरिका छन्। पहिलो अवस्थामा रेफ्रीले आफ्नो कानमा जोडिएको यन्त्रमार्फत निर्णयमा समिक्षा गर्नुपर्ने सन्देश प्राप्त गर्न सक्छन्।

भिएआरले रेफ्रीलाई निर्णय परिवर्तन गर्ने वा नगर्ने संकेत दिनको लागि एउटा शब्द भन्ने गर्छन्। दर्शकहरुले यस्तो भैरहेको थाहा नपाउन पनि सक्छन् वा रेफ्रीले आफ्नो ‘इयर पिस’ समातेको जस्तो मात्रै देख्न सक्छन्।

दोस्रो अवस्थामा भिडियो प्रक्रिया प्रयोग भएको अलि औपचारिक रुपमा देख्न सकिन्छ। यसको सहयोगको लागि रेफ्रीले हावामा हातको सहायताले टिभीजस्तो संकेत बनाउँछन् र भिएआर रेफ्रीले रिप्ले हेरेर सुझाव दिन्छन्। भिएआर रेफ्रीले यन्त्रमार्फत सन्देश दिन्छन्, त्यसपछि रेफ्रीले निर्णय गर्छन् र हावामा टिभीको जस्तो संकेत बनाएर खेल पुनः सुरु गर्नेछन्।

तेस्रो अवस्था धेरै नै प्रष्ट हुन्छ। यसले रंगशालाको माहौल नै शान्त बनाउँछ र यो अलि निराशाजनक पनि हुन सक्छ। रेफ्रीहरु मैदान नजिकको सानो रिभ्यु स्टेशनमा जान्छन् र हावामा टिभीको संकेत बनाउँछन्। उनीहले त्यहाँ रिप्ले हेर्छन् र छलफल गरेर निर्णयमा पुग्छन्। 

सबै अवस्थामा रेफ्रीले भिएआर बिनाको परम्परागत तरिकामा झैं निर्णयको संकेत गर्छन्। निर्णय कसरी भयो भन्ने जानकारी दिन हावामा टिभीको संकेत बनाउँछन् र नियमित तरिकाबाट खेल सञ्चालन गर्छन्।

भिएआरले के के गर्न सक्छ ?

भिएआरमा केही सीमित निर्णयहरुमा मात्रै आधारित रहन पाइन्छ। जुन प्रस्ट देखिने खालका गल्तीहरु र गम्भीर प्रकृतिका गलत निर्णयमा प्रयोग हुने गर्दछ।

गोल – गोल भएको हो कि होइन भन्ने हेर्नको लागि भिएआरको प्रयोग गर्न सकिन्छ। तर, गोलको लागि गरिएको प्रयासमा पनि यसले फैसला गर्न सक्छ, बलले जाली चुम्दा मात्रै होइन। यदि कुनै गोल दिँदा कुनै नियम उल्लंघनले यसलाई रोक्न सक्छ भने भिएआरको सहयोगले यस्तो गोल दिनबाट रोक्न सकिन्छ। जसमा फोउल, अफसाइड या ह्याण्ड हुन सक्छ।

पेनाल्टी – पेनाल्टी दिन उपयुक्त छ कि छैन भन्ने भिएआरमार्फत हेर्न सकिन्छ। त्यस्तै दिइएको पेनाल्टीको निर्णय उल्ट्याउन पनि सकिन्छ। यसैले पेनाल्टी दिने रेफ्रीको निर्णय सही हो या होइन अथवा पेनाल्टी दिनु पर्ने हो कि होइन भन्नेमा यसले सहयोग गर्नेछ।

सिधा रातो कार्ड – यदि रेफ्रीले फोउल भएको निर्णय गरे भने भिएआर त्यस फोउलको लागि रातो कार्ड दिने कि नदिने भनेर निर्णय गर्न प्रयोग गर्न सकिन्छ। भिडियो प्रविधिको प्रयोगमा रातो कार्ड दिने नदिने निर्णय गर्नु धेरै विवादास्पद कुरा हुन सक्छ।

पहिचानमा गल्ती – भिएआरको जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण काम यही नै हो। यसले गलत खेलाडीलाई पो अनुशासनको कारबाही गरिएको छ कि भनेर हेर्ने काम गर्छ। यदि त्यस्तो भेटियो भने रेफ्रीले सच्याउन सक्छन्।

 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटकहरुलाई नेपाल भित्राउने शसक्त माध्यमका रुपमा विकसित भइरहेको... आइतबार, कात्तिक ८, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
ताजा समाचारसबै
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्