• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अब प्रिमियर लिगमा भिएआर : के खल्लो बनाउँछ खेल ?

64x64
ऋग्वेद शर्मा सोमबार, साउन २०, २०७६  १६:५१
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आउँदो शनिबार राति पौने १ बजे लिभरपुल र नरविच सिटीको खेलसँगै सुरु हुँदै छ। तर नयाँ सिजन खेलहरुलाई लिएर भन्दा पनि उत्सुकता ‘भिएआर’लाई लिएर भइरहेको छ। 

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) नयाँ सिजनसँगै प्रिमियर लिगमा सुरु हुन लागेको हो। पछिल्लो दुई वर्षमा विश्वकप र च्याम्पियन्स लिगसँगै विश्वका प्रमुख लिगहरुमा भिएआरको प्रयोग बढीरहेको छ। २०१८ मा भएको रसिया विश्वकपका बेला भिएआरले गर्दा फुटबलको रमाइलो खल्लो भएको भन्ने तर्क अहिले प्रिमियर लिगमा पनि जोडिएको छ।

यस्तै बहसले भिएआर प्रयोगमा आउन धेरै समय लाग्यो। किनभने यसले फुटबल खेलको गति र रोमाञ्चकतालाई बिगार्न सक्ने धेरैको डर पहिलेदेखि नै थियो।

आलोचकहरुका अनुसार रेफ्रीहरुले भिएआर प्रयोग गरेर फुटेज हेर्दै निर्णय गर्दा त्यसले खेलमा बाधा दिन्छ। त्यस्तै यसले रेफ्रीको महत्वपूर्ण भूमिकालाई ओझेलमा पार्ने र खेलमा निर्णयको लागि यसमा भर पर्न बाध्य हुने अवस्था ल्याउने बताउँदै आएका छन्।

यसका समर्थकहरु भने यस्ता कुराको खण्डन गर्छन्। यसको प्रयोग गर्दा खेलमा निर्णय गर्न समस्या भएको बेलामा मात्रै खेल रोकिने भएकाले खासै फरक नपर्ने उनीहरुको दावी छ। यसले रेफ्रीबाट हुन सक्ने गलत निर्णय धेरै मिल्ने अवस्थासम्म हटाउने भएकाले यसको प्रयोग आवश्यक रहेको उनीहरुको धारणा छ।

भिएआरको प्रयोग भइरहेका समयमा खेलाडी र दर्शकले अन्तिम निर्णय लिने समय अघि थाहा नपाउन् भनेर प्रयास भइरहेको छ। यसले खेलमा धेरै समय रोकिनु नपरोस् र खेलमा देखिएको तिब्रताको रोमाञ्चकता कम नहोस् भन्नेमा विचार गरिएको देखिन्छ। यसैले भिएआरले मैदानमा भएका हरेक क्रियाकलापलाई खेल दौरानको हरेक समय नियालिरहेको हुन्छ।

२०१८-१९ कै सिजन इंग्ल्याण्डमा एफए कपका ६९ खेलमा भिएआरको प्रयोग भएको थियो। जसमा ६ वटा गोल रिभ्यू, ६ वटा पेनाल्टी रिभ्यू, दुई वटा रातो कार्ड रिभ्यू गरिएको थियो। यसलाई समग्रमा हेर्दा एउटा रिभ्यूका लागि ८४ सेकेण्ड समय खर्च भएको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले प्रिमियर लिग हुने सबै मैदानमा भिएआर प्रयोग गर्न मिल्ने प्रविधि जडान भइसकेका छन्। जसले गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले कम्प्युटरमा हेरिरहेको दृश्य दर्शकले टिभी स्क्रिनमा देख्नेछन्।

भिएआरले कसरी काम गर्छ ?

भिएआर थप एक रेफ्री जस्तै हो। जसले खेल हेरेर अफिसियलहरुलाई निर्णयमा सल्लाह दिन्छ। केही रेफ्री भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा कम्प्युटर स्क्रिन अगाडि रहेका हुन्छन्।

उनीहरुको सहयोगीसहितको टिममा खेल भइरहेको मैदानबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्। जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।

भिएआरले सबै खेल पूरै हेरिरहेको हुन्छ। यदि उनीहरुले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। रेफ्रीले नै आवश्यक ठानेमा पनि उनी भीएआर टिमसँग जोडिन सक्छन्। अथवा रेफ्रीले आफूले निर्णय दिइसकेपछि पनि केही दुबिधा भएर भिएआरको सहयोग लिन चाहेमा लिन सक्छन्।

यसरी हेर्दा भिएआरले सल्लाह दिने मात्रै हो। यदि भिएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने मैदानमा रहेका रेफ्रीमा नै हुन्छ। उनैले भिएआरको फुटेज हेरेर अन्तिम निर्णय लिन सक्छन्।

प्रयोग भएको कसरी थाहा पाउने ?

भिएआरको सम्पूर्ण प्रणाली रेफ्रीमा केन्द्रित हुन्छ। यसको प्रयोगको तीन तरिका छन्। पहिलो अवस्थामा रेफ्रीले आफ्नो कानमा जोडिएको यन्त्रमार्फत निर्णयमा समिक्षा गर्नुपर्ने सन्देश प्राप्त गर्न सक्छन्।

भिएआरले रेफ्रीलाई निर्णय परिवर्तन गर्ने वा नगर्ने संकेत दिनको लागि एउटा शब्द भन्ने गर्छन्। दर्शकहरुले यस्तो भैरहेको थाहा नपाउन पनि सक्छन् वा रेफ्रीले आफ्नो ‘इयर पिस’ समातेको जस्तो मात्रै देख्न सक्छन्।

दोस्रो अवस्थामा भिडियो प्रक्रिया प्रयोग भएको अलि औपचारिक रुपमा देख्न सकिन्छ। यसको सहयोगको लागि रेफ्रीले हावामा हातको सहायताले टिभीजस्तो संकेत बनाउँछन् र भिएआर रेफ्रीले रिप्ले हेरेर सुझाव दिन्छन्। भिएआर रेफ्रीले यन्त्रमार्फत सन्देश दिन्छन्, त्यसपछि रेफ्रीले निर्णय गर्छन् र हावामा टिभीको जस्तो संकेत बनाएर खेल पुनः सुरु गर्नेछन्।

तेस्रो अवस्था धेरै नै प्रष्ट हुन्छ। यसले रंगशालाको माहौल नै शान्त बनाउँछ र यो अलि निराशाजनक पनि हुन सक्छ। रेफ्रीहरु मैदान नजिकको सानो रिभ्यु स्टेशनमा जान्छन् र हावामा टिभीको संकेत बनाउँछन्। उनीहले त्यहाँ रिप्ले हेर्छन् र छलफल गरेर निर्णयमा पुग्छन्। 

सबै अवस्थामा रेफ्रीले भिएआर बिनाको परम्परागत तरिकामा झैं निर्णयको संकेत गर्छन्। निर्णय कसरी भयो भन्ने जानकारी दिन हावामा टिभीको संकेत बनाउँछन् र नियमित तरिकाबाट खेल सञ्चालन गर्छन्।

भिएआरले के के गर्न सक्छ ?

भिएआरमा केही सीमित निर्णयहरुमा मात्रै आधारित रहन पाइन्छ। जुन प्रस्ट देखिने खालका गल्तीहरु र गम्भीर प्रकृतिका गलत निर्णयमा प्रयोग हुने गर्दछ।

गोल – गोल भएको हो कि होइन भन्ने हेर्नको लागि भिएआरको प्रयोग गर्न सकिन्छ। तर, गोलको लागि गरिएको प्रयासमा पनि यसले फैसला गर्न सक्छ, बलले जाली चुम्दा मात्रै होइन। यदि कुनै गोल दिँदा कुनै नियम उल्लंघनले यसलाई रोक्न सक्छ भने भिएआरको सहयोगले यस्तो गोल दिनबाट रोक्न सकिन्छ। जसमा फोउल, अफसाइड या ह्याण्ड हुन सक्छ।

पेनाल्टी – पेनाल्टी दिन उपयुक्त छ कि छैन भन्ने भिएआरमार्फत हेर्न सकिन्छ। त्यस्तै दिइएको पेनाल्टीको निर्णय उल्ट्याउन पनि सकिन्छ। यसैले पेनाल्टी दिने रेफ्रीको निर्णय सही हो या होइन अथवा पेनाल्टी दिनु पर्ने हो कि होइन भन्नेमा यसले सहयोग गर्नेछ।

सिधा रातो कार्ड – यदि रेफ्रीले फोउल भएको निर्णय गरे भने भिएआर त्यस फोउलको लागि रातो कार्ड दिने कि नदिने भनेर निर्णय गर्न प्रयोग गर्न सकिन्छ। भिडियो प्रविधिको प्रयोगमा रातो कार्ड दिने नदिने निर्णय गर्नु धेरै विवादास्पद कुरा हुन सक्छ।

पहिचानमा गल्ती – भिएआरको जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण काम यही नै हो। यसले गलत खेलाडीलाई पो अनुशासनको कारबाही गरिएको छ कि भनेर हेर्ने काम गर्छ। यदि त्यस्तो भेटियो भने रेफ्रीले सच्याउन सक्छन्।

 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्