फिलिपिन्स- दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा यहाँको कम्युनिस्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी पाँचको ज्यान गएको छ।
मारिनेमा यहाँको कम्युनिस्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँच जना गुरिल्ला परेका छन्।
सोमबार बिहान सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुले जानकारी दिएका छन्।
दक्षिणी फिलिपिन्सको कोटाबाटा प्रान्तमा सो भिडन्त भएको थियो। सो क्षेत्रमा उक्त विद्रोही समूहको बाक्लो उपस्थिति रहेको मानिन्छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।