सोल- दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी शीतकालीन ओलम्पिक खेलकुदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएका छन्।
सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई सम्बोधन गर्दै राष्ट्रपति इनले खेलकुदपछि पनि वार्ताको वातावरण बनाउनुपर्ने बताए।
उनले आफू वार्ताप्रति आशावादी भएको र आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिनुपर्छ भन्ने गृहकार्यमा लागिपरेको उल्लेख गरे।
आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले सहभागिता जनाउने निश्चित भइसकेको छ। सो खेलकुदका कारण दुई कोरियाबीच पछिल्लो समय तीन पटकसम्म उच्चस्तरीय वार्ता भएको छ भने चार वर्षयता पहिलो पटक उत्तर कोरियाली अधिकारीहरुले दक्षिणको भ्रमण गरेका छन्।
उत्तर कोरियाले शीतकालीन ओलम्पिकमा २२ जना एथलेट्स र अरु खेलकुद अधिकारी उत्तरले दक्षिण पठाउने तयारी गरेको छ। ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलबारे ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।