काठमाडौं– ब्रिटिस काउन्सिलले संचालन गर्ने अंग्रजी भाषासम्बन्धि IELTS परिक्षाको प्रश्नपत्र बिक्रि गर्ने पक्राउ परेका दुई साता भएको छ। तर, प्रश्नपत्र कसरी बाहिरियो भन्ने रहस्य अझै खुलेको छैन।
सो प्रकरणका कारण नेपालस्थित बिट्रिश काउन्सिलले गत शनिबारको IELTS परिक्षा रद्द गरेको छ। बिट्रिश काउन्सिलका केही कर्मचारीसँग प्रहरीले सोधपुछ समेत गरेको छ। घटनामा आफुहरुले प्रहरीलाई सहयोग गरिरहेको बिट्रिश काउन्सिलले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।
पक्राउ परेका तीन जनालाई प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। पुतलीसडकस्थित नेपाल वल्र्ड वाइड कन्सलटेन्सीका संचालक सुरज लामा तथा उनका एजेन्टहरु गणेशराज उपाध्याय र बिधान आचार्य प्रहरी हिरासतमा छन्।
पक्राउ परेका लामा काठमाडौंस्थित बिट्रिश काउन्सिलका एजेन्ट हुन्। उनले प्रतिबिद्यार्थी एक हजार कमिसन लिने गरेका थिए। बिट्रिश काउन्सिलका बिक्रान्तसँगको उनको निकट सम्बन्ध देखिएपछि बिक्रान्तसँग प्रश्नपत्रको पहुँच नहुने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्।
गत पुस २१ गते महानगरीय प्रहरी परिसरले सुन्धाराको होटलमा छापा हानी प्रश्नपत्र बिक्रि गर्ने र खदिर गर्ने १३ जनालाई पक्राउ गरेको थियो।जसमध्ये १० जना बिद्यार्थी थिए।
एकै जना बिद्यार्थीबाट २ लाख रुपैयाँसम्म लिएर प्रश्नपत्र बिक्रि हुने गरेको खुलेको थियो। प्रश्नपत्र कसरी बाहिरियो भन्नेमा अनुसन्धान जारी नै रहेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए।
पक्राउ परेका लामाले भने एक भारतीय व्यक्तिमार्फत आफुले उक्त प्रश्नपत्र पाएको दाबी गरेका छन्। प्रहरीले पनि प्रश्नपत्र कसरी बाहिरियो भन्दा पनि उनीहरुले बिद्यार्थीलाई ठगी गरेको भन्दै ठगीमा अनुसन्धान केन्द्रीत गरेको छ। जसकारण बिट्रिश काउन्सिलको परिक्षामा हुने भित्री चलखेल बाहिर आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।