• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पूर्व मोडलको अनुभूति : बाख्राको जति आत्मीयता नरहेको काठमान्डु

64x64
नेपाल लाइभ सोमबार, माघ ८, २०७४  १२:३७
1140x725

हाम्रो भेट ७ वर्षअघि भएको थियो।

ऊ मोडलिङको सानदार दुनियाँमा पाइला सार्दै थिई, म पत्रकारितामा बामे सर्दै थिएँ। बिहीबार निस्कने एक साप्ताहिकमा एक पेज लामो अन्तर्वार्ता लिन्थेँ म। यसैमा छापिदिन उसैको गाउँको मेरो साथीले चिनाएको थियो। बागबजारको एउटा क्याफेमा मम खाँदै गर्दा साथीले भनेको थियो, 'ओई, पत्रकार यसको इन्टरभ्यू छाप् न।' 

'के भनेर छाप्ने?'

'मोडल हो नि। अस्ति भर्खर याक एन्ड यतीमा भएको फेशन शोमा हिँडेकी थिई,' उसले भन्यो। 

अनुहार ठिकै थियो, तर जिउडाल चाहिँ असाध्यै मिलेको थियो। गजबको थियो बान्की।

मैले अन्तर्वार्ता गर्ने कलाकार नाउँ चलेको हुनुपर्थ्यो। त्यसैले म 'सरी' भनेर पन्छिएँ। 

छुट्टिने बेला उसले भनेकी थिई, 'एकदिन मेरो अन्तर्वार्ता लिन तपाईंले टाइम नपाएर हैरान हुनुपर्नेछ।' उसले हाकाहाकी चुनौती दिई। मैले हात हल्लाउँदै 'अल द बेस्ट' भनेँ। वास्तवमा मैले त्यति महत्वाकांक्षी र आत्मविश्वासी नवप्रवेशी भेटेको थिइनँ।

केही समय यसै बित्यो। एक दिन एक गायकको एल्बम लन्च कार्यक्रममा उसलाई भेटेँ। उक्त गायकको भिडियोमा सहायक मोडलका रूपमा देखिएकी रहिछ ऊ। एक्टिङ, डान्स सबै सिकिरहेकी छु भन्थी। त्यसको केही दिनपछि पुतलीसडकमा भेटेर एउटा अन्तर्वार्ता लिएँ। अन्तर्वार्ताका रुपमा छापिएन। तर, 'चम्किँदै ...' भनेर समाचार छापियो। ऊ खुसी भई। 

Ncell 2
Ncell 2
nimb
nimb

केही निर्माता/निर्देशकले फोन गरेछन्। भिडियोमा पनि अफर आएछ। त्यसपछि भने निरन्तर मेरो सम्पर्कमा रही। यही खुसीयालीमा एक दिन डिनरको निम्तो दिई। पहिलोपल्ट उसलाई मैले साँच्चिकै मोडल देखेको थिएँ। रातो वानपिसमा साँच्चै सुन्दर देखिएकी थिई ऊ। उसैले खाना अर्डर गरी र भनी, 'अबको एक वर्षमा म को हुन्छु थाहा छ?' 

मैले जिस्क्याउने पाराले भनेँ, 'रेखा थापा।' 

त्यो बेला नेपालमा चलेकी स्टार उनै थिइन्। उसले होइन भन्ने संकेतमा टाउको हल्लाई र भनी, 'तपाईंलाई मन पर्ने त्यो बलिउडकी नायिका छ नि राय थरकी, हो त्यस्तै हुन्छु।' 

म उसको 'ओभर एम्बिसन'ले आतंकित जस्तै भएँ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'तिमी असाध्यै महत्वाकांक्षी भयौ,' मैले उसलाई सचेत गराउन चाहेँ, 'अतिले खति गर्छ भन्ने सुनेकी छौ नि?' 

उसको अडान कायम थियो, 'सुपरस्टारमा हुनुपर्ने सबै कुरा छन् मसँग। नाच्न, अभिनय गर्न र फाइट गर्न जान्ने भइसकेकी छु।'

 मेरो फिल्म पत्रकारिता अनुभवले नेपालमा स्टार हुन सजिलो छैन भन्ने बताउँथ्यो। मैले उसलाई सबै बेलिविस्तार लगाएँ। ऊ भन्थी, 'सोझासाझा केटी हुन् त्यसरी फस्ने।'

त्यसको एक वर्षपछि पनि उसले कुनै फिल्म गरिन। दुइटा फिल्ममा अफर आएको बताई, यो बीचमा। एउटाको उसले कथा भन्नेबित्तिकै मैले नै नगर भनिदिएँ। अर्को चाहिँ उसले डाइरेक्टरसँग झगडा गरेर छाडिछ।

---

दसैंअघि नै म घर गएँ। उसको चाहिँ घरमा जुठो परेकाले दसैं छैन भन्थी। म घर (बाजुरा) मै हुँदा एकपटक फोन गरेकी थिई, 'दाइ, मैले राम्रो फिल्म पाएँ नि' भन्दै। मैले बधाई र शुभकामना दिएँ। फिल्ममा कुनै स्टार कलाकार नभएकाले लिड रोलमा आफू नै छु भन्थी। तिहारलगत्तै सुटिङ सुरु हुने पनि सुनाएकी थिई। तिहारपछि सम्पर्क गरिन। मैले सोचेँ सुटिङमा व्यस्त होली। काम पनि थिएन।

मंसिर अन्तिम साता हो क्यारे। बिहानको ७ बजेको हुँदो हो। म चिया पिउँदै पत्रिका पढिरहेको थिएँ। उसको फोन आयो। यसअघि उसले बिहान कहिल्यै फोन गरेकी थिइन। उठाएँ।

'दाइ नमस्कार।' 

मैले पहिलोपल्ट उसको ऊर्जाहीन आवाज सुनेको थिएँ। मैले नमस्कार फर्काएँ। तर, ऊर्जाहीन आवाजबारे कुनै प्रतिक्रिया दिइनँ।  

हालखबर सोधेँ। हालखबर खराब भएको बताई। 

'के भयो?' मैले सोधेँ। 

ऊ रोई मात्र। भेटेर सविस्तार बताउने  भनी । मैले सहमति जनाएँ। 

त्यही दिन दिउँसोको फ्लाइटमा काठमाडौँ आई तर दुई हप्ता मोबाइल स्विच अफ गरेर बसी। तेस्रो हप्ताको शुक्रबार उसैले फोन गरेर भेटौँ भनी। पुतलीसडकको कुमारी क्याफेमा भेट्यौँ। कालो रङको बाक्लो लङ कोट र कालै जिन्स पाइन्टमा आएकी थिई। कपाल राम्ररी मिलाएकी थिइन।

पहिलोपल्ट मेकअपहीन उसको अनुहार मेरोसामु हाजिर थियो। मभन्दा बढी बोल्ने उसले पहिलोपल्ट आवाजबिना नमस्कार गरी तर भनिन, 'मेरो छोटे डन दाइ'। 

ऊ मलाई जहिल्यै 'छोटे डन दाइ' भनेर जिस्क्याउँथी। सुरुमा मेरो होचो कदको मजाक उडाएको ठानेर मन पर्थेन, पछि पचाउनैपर्‍यो पचाएँ। बिस्तारै यो शब्द प्रिय लाग्न थालेको थियो। 

यसपटक मैले नै अगाडि मुख खोल्नुपर्‍यो। उसले जब मुख खोली, एक घन्टा रोकिइन।

उसले फाँद लाई, तिहार सकिएको पर्सिपल्ट ऊ पोखरा गएकी थिई, एउटा फिल्मको सुटिङका लागि। ऊसँग डिल गर्ने निर्माताका अनुसार निर्देशक पोखरामै थिए, अन्य युनिट गाडीमा गए पनि निर्माताले उसलाई प्लेनको व्यवस्था गरेका थिए। यसका साथ २० हजार रुपैयाँ साइनिङ अमाउन्ट भनेर दिएका थिए। ८० हजारमा फिल्म खेल्ने टुंगो लागेको थियो। स्क्रिप्ट पाएकी थिइन।

साउदीतिर काम गर्न जाने नेपाली दिदीबहिनीको कथामा फिल्म बन्ने निर्माताले बताएका थिए। सुरुमा निरीह भएर त्यहाँ पुग्ने, उसले पछि गुन्डालाई रामधुलाई गरेर त्यहाँ दुःख पाएका सबै चेलीको उद्धार गर्नुपर्ने कथा थियो। मुख्य पात्र आफैँ भएकाले पहिलो फिल्ममै काम देखाउन सक्ने ठाउँ थियो। पोखरामा ७ दिन वर्कसप गरेर स्याङ्जाको एक गाउँबाट फिल्म सुटिङ थाल्ने र दुबईमा पुगेर सकाउने योजना ती निर्माताले बताएका थिए।

ऊ निर्माता भन्नेको निर्देशनअनुसारै पोखरा पुगी। उसैले बुक गरेको होटलमा गई। अरू निर्माण युनिट बाटोमा रहेको निर्माताले फोनमा बताइरहेका थिए। त्यसैले ढुक्क भएर बसी। 

बेलुकाको ७ बजे हस्याङफस्याङ गर्दै निर्माता आइपुग्यो, 'अरू युनिट बाटोमै छ, तिमीलाई न्यास्रो लाग्यो होला' भन्दै। कहिलेकाहीँ खुसीमा अलिकति पिउने गर्थी ऊ। त्यो दिन पनि खुसी थिई। अरू नआउन्जेल ड्रिंक्स गरेर बस्ने निर्माताको आग्रह टार्न सकिन। ती पुरुष बेलाबेला फोन गर्थे, गाडी कहाँ आइपुग्यो भनेर। 'गाडी बिग्रियो, ढिला हुन्छ रे,' निर्माताले जानकारी दिन्थ्यो।

दुवैले खाना खाए। सँगै उसको रुममा गएर एकछिन टिभी हेरे। उसले केही शंकै गरेकी थिइनँ। जब उसलाई निद्रा लाग्न थाल्यो, 'तपाईं आफ्नो कोठामा जानुस्' भनी त्यसपछि ती पुरुष जिस्किन थाले। एकछिनमा उनका बलिष्ठ पाखुराले उसलाई कब्जामा लिए। त्यसपछि उसको चित्कार सुन्ने टिभीमात्रै थियो। त्यो पनि ठूलो आवाजमा बोलिरहेको! 

त्यो रात त्यो पुरुषले उसलाई प्रयोग गरिरह्यो। भोलि बिहानै ऊ बेपत्ता भयो। एक साथीको सहारामा उसको घर खोजी। तर, ठेगाना गलत थियो। पछि थाहा पाई, ऊ त दसैंतिहार मनाउन मात्रै नेपाल आउने रहेछ। भोलिपल्टको फ्लाइटमा विदेश पुगिसकेछ। प्रहरीलाई खबर गर्दा झन् आफ्नै बदनाम हुने ठानेर चुप लागिछ।

पत्याउनै नसकिने कथा भनिरहँदा ऊ थोरै रोई, धेरैपल्ट आक्रोशित भई। यस्तो लाग्थ्यो, यसअघिसम्म ऊ बेहोसीको दुनियाँमा बाँचिरहेकी थिई।

'हो रहेछ दाइ, सजिलो रहेनछ स्टार हुन,' उसले मानौँ ब्रह्मज्ञान पाएकी थिई।

त्यसपछि ऊ हरार्इ।

मैले बिहीबार निस्किने त्यो साप्ताहिक छाडेको ३ वर्ष भयो । उसले काठमाडौं छाडेको  र मसँग सम्पर्कविहीन भएको ४ वर्ष।

केही दिनअघि फोन गरेकी थिर्इ। भन्दै थिर्इ, 'सहरका मान्छेसँग बाख्राको जत्तिको पनि आत्मीयता छैन।' जंगलमा एकदिन ऊ लडेर घाइते हुँदा बाख्रा वरिपरि आएर कराएको कथा सुनार्इ।

मसँग न प्रश्न बाँकी रह्यो न जवाफ। 

मैले महसुस गरेँ– स्टार बन्ने सपना बोकेकी ऊ अहिले बाख्रा गोठाली भएकी छे र खुसी छे।

प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्