काठमाडौं- प्रदेशसभाका सदस्यको पद तथा गोपनीयताको सपथसम्बन्धी बेहोरा प्रदेशसभा ऐनको धारा ७५ मा गरिएको छ। सपथको ढाँचा भने अनुसूची २ मा दिइएको छ। प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा समेत सपथ लिन पाउनेछन्। तर, उनीहरुले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रदेशसभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु ३ दिन अगावै प्रदेशसभा सचिवालयलाई उपलब्ध गराउनुपर्नेछ ।
यस्तो छ सपथको ढाँचाः
म (सम्बन्धित सदस्यको पूरा नाम) ......................................... मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वरको नाममा शपथलिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रदेशसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ गर्नेछु।
मितिः– दस्तखतः–
नाम, थरः–
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।