काठमाडौं– प्रदेश प्रमुखलाई सरकारले मन्त्री सरह सुविधा दिएको छ। गृह मन्त्रालयले उनीहरु मन्त्री सरह सुविधा दिइएको जनाएको छ।
शुक्रबार सपथ लिएलगत्तै गृह मन्त्रालयले उनीहरुलाई गाडि, पिएसओ लगायत सुविधा दिइसकेको छ। ‘उहाँहरुलाई मन्त्री बराबरकै सुविधा दिइएको छ,’ गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले भने,‘मन्त्री चढ्ने गाडी नै दिएका छौं, सुरक्षाको प्रबन्ध पनि मन्त्री सरह नै गरिएको छ।’ सुरक्षाका लागि सेनाबाट पिएसओ खटाइएको छ।
शुक्रबार सपथ खाएका सातै जना प्रदेश प्रमुखहरु आइतबारदेखि प्रदेशको अस्थायी राजधानीमा हाजिर हुँदैछन्। आइतबार नै प्रदेश सांसदहरुलाई उनीहरुले सपथ खुवाउने कार्यक्रम छ। १ नम्बर प्रदेशमा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गकिशोर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।