काठमाडौं– नेपाल एयरलाइन्सले जापानको नारिताका दुई वटा चार्टर्ड उडान गर्ने भएको छ।
नेपालीहरुको महान चार्ड दशैंलक्षित गर्दै निगमले नारितामा चार्टर्ड उडान गर्न लागेको हो।
एयरलाइन्सका प्रवक्ता गणेशबहादुर चन्दले दशैंको १० दिन अगाडि २ वटा उडान गर्नका लागि नारिता विमानस्थलबाट चार्टर्ड उडान अनुमति लिएको जानकारी दिए।
तर, यो कुनै नौलौ विषयमा पनि नभएको उनको भनाइ छ।
वायुसेवा कम्पनीहले हवाई सम्झौता भएको देशसँग आवश्यकताअनुसार समय मिलाएर चार्टर्ड उडान गर्न पाउने उनको भनाइ छ। सोही क्रममा एयरलाइन्सले पनि नारिताका दुई वटा उडान गर्नका लागि चार्टर्ड उडानको अनुमति लिएको उनको भनाइ छ।
तर, त्यो अनुमति सधैका लागि नभएर दुई वटा उडानको लागि मात्रै भएको उनले स्पष्ट पारे। नेपाल एयरलाइन्सले यही भदौ १२ गतेबाट काठमाडौंबाट जापानकै अर्को सहर ओसाका उडान गर्दैछ।
दुई वटा चार्टर उडानमध्ये पहिलो उडान सेप्टेम्बर २६ मा हुनेछ। सो उडान काठमाडौंबाट नारिता गई २७ सेप्टेम्बरमा काठमाडौं फर्कने छ।
त्यस्तै दोस्रो उडान २ अक्टोबरमा गई ३ अक्टोबरमा काठमाडौं फर्कने छ। यसको उडान अवधि १४ घन्टा ३० मिनेटको हुनेछ। दुबै उडान वाइडबडी जहाजमार्फत् हुने निगमले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।