काठमाडौं- नेपालले एक वर्षमै भारत तथा तेस्रो मुलुकबाट झन्डै पौने ४ करोड थान ग्यास तथा अन्य विभिन्न प्रकारको आगो सल्काउन मिल्ने लाइटर आयात भएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा खल्तीमा राख्न मिल्ने तर, ग्यास परिर्वतन गर्न नमिल्ने लाइटर मात्रै ३ करोड ५३ लाख ९० हजार ७ सय ९६ वटा नेपाल भित्रिएको छ। ग्यास परिर्वतन गर्न नमिल्ने लाइटर आयातमा मात्रै नेपालबाट १६ करोड ९७ लाख ६९ हजार रुपैयाँ बाहिरिएको छ।
यसैगरी, ग्यास परिर्वतन गर्न मिल्ने लाइटर भने १३ लाख ३ हजार ४ सय ४९ वटा नेपालले आयात गरेको छ। यसको आयातमा पनि ८१ लाख ९० हजार रुपैयाँ नेपालबाट विश्वका विभिन्न देश पुगेको छ।
साथै अन्य प्रकारको लाइटर पनि ४ लाख ११ हजार ६ सय ८६ वटा भित्रिएको छ। यसका लागि ३ करोड ४६ लाख १९ हजार रुपैयाँ नेपाल बाहिर गएको छ।
३ प्रकारकै लाइटर आयातमा भने नेपालबाट २१ करोड २५ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ।
साथै सरकारले लाइटर आयात शिर्षकबाट मात्रै ४ करोड ९० लाख रुपैयाँभन्दा बढी राजस्व पनि संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।