• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यार्सागुम्बा उत्पादन घटेपछि अध्ययनका लागि नास्टले बनायो तीन सदस्यीय वैज्ञानिक टोली

64x64
नेपाल लाइभ आइतबार, माघ ७, २०७४  ०२:०४
1140x725

ललितपुर- नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन सुरु भएको छ। 

नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट) ले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तर लगायत विषयमा अनुसन्धानका लागि तीन वैज्ञानिकको टोली बनाएको छ। टोलीमा डा.जयकान्त राउत, डा.रामचन्द्र पौडेल र डा.लोकरञ्जन भट्ट सामेल रहेका नास्ट विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिले बताए। 

उनले भने, 'यहाँबाट आउने निष्कर्षले यार्सागुम्बाको अवस्था बुझ्नुका साथै संरक्षणमा नीति बनाउन सघाउने छ।'

यार्सागुम्बाको गुणस्तरका हिसाबले डोल्पा पहिलो र दार्चुला दोस्रो भनिए पनि त्यो हचुवाका भरमा मात्र प्रचार भएको डा.पौडेलले दाबी गरे। उनले भने,'हामी त्यस सम्बन्धमा अनुसन्धान गरेपछि नै ठोस रुपमा भन्न सक्नेछौँ।' 

यार्सागुम्बा संकलकले भनेअनुसार पाटनमा यार्सागुम्बा कम हुँदै गएको छ। यार्सागुम्बाको उत्पादन नै कम हो/होइन बुझ्न र कम भएका कारण पत्ता लगाई संरक्षणमा लाग्नुपर्ने खाँचो देखिन्छ । संकलकका कारण पाटनमा अरु खालका वनस्पति मासिए पनि त्यसको संरक्षणको उपायसमेत आवश्यक भएको डा.पौडेलले तर्क गरे। 

यार्सागुम्बाको स्रोत भएका जिल्लामा आर्थिक मात्रै नभएर सामाजिक जीवनसमेत त्यससँग जोडिएको टोलीका अर्का सदस्य डा.भट्टले बताए। विश्व बैंकले केही वर्ष पहिले गरेको अध्ययनमा त्यस क्षेत्रमा यार्सागुम्बाले आर्थिक क्रियाकलाप बढाएको उल्लेख छ। 'यार्सागुम्बा हिमाली र पहाडी क्षेत्रका लागि वरदान बनेको छ। केही महिना काम गरेर धेरै संकलक बाँकी समय काम नगरी बस्ने गरेका छन्', उनले चिन्ता व्यक्त गर्दै भने,'त्यसले गर्दा एकातिर आर्थिक समृद्धिमा सहयोग पुगेको छ तर अर्कातिर खेतीपाती हुन छाडेको छ।'

बर्सेनि यार्सागुम्बा टिप्ने समयमा विद्यालय र गाउँ नै सुनसान हुने गरेको छ। टोलीले स्थानीय तहमा गरेका अन्तरक्रिया अनुसार सो क्षेत्रका बालबालिकाको आँखा तेजिलो हुनाका कारण उनीहरुलाई पनि यार्सागुम्बा टिप्न अभिभावकले लैजाने गरेकोले हो। संकलकका बीचमा प्रतिस्पर्धा हुने कारणले परिवारका धेरै सदस्य यार्सागुम्बा खोज्न लैजाने गरेको पाइन्छ। 

टोलीले बालबालिकाको अध्ययनमा असर नपुर्‍याउन अभिभावकलाई सम्झाउनेसमेत योजना रहेको जानकारी दियो। डा भट्टले भने,'हामीले गर्ने अध्ययन विज्ञानमा आधारित भए पनि केही हदसम्म सामाजिक समस्या पत्ता लगाउनसमेत हितकर हुनेछ।' 

Ncell 2
Ncell 2
nimb
nimb

यार्सागुम्बाको उत्पादन कम भएको संकलकले बताए पनि त्यससम्बन्धी अध्ययन नभएको डा राउतले बताए। त्यो अत्याधिक र अव्यवस्थित संकलन, जलवायु परिवर्तन लगायत कारण हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन्। 

चीनका धेरै यार्सागुम्बा पाइने ठाउँ अहिले मरुभूमिमा परिणत भइसकेका कारण पनि नेपालले धेरै कुरा सिक्नुपर्नेमा उनी जोड दिन्छन्। यार्सागुम्बा मात्रै होइन संकलनकर्ता धेरै संख्यामा जाँदा उनीहरुले कुल्चँदा अरु जडीबुटी मासिने र दाउराका लागि काठ प्रयोग हुँदा जंगल फँडानी बढेको छ । डा राउत थप्छन्,'त्यसैले पनि अहिले हाम्रो ध्यान संरक्षणमा केन्द्रित गर्नुपर्छ ।'

एक वर्ष एक ठाउँको र अर्को वर्ष अन्यत्रको टिप्न सकिने उनले सुझाए। गुणस्तर कायम रहने गरेर यार्सागुम्बाको कृत्रिम उत्पादनसमेत गर्न सकिन्छ तर स्थानीयस्तरमा नै अध्ययन/अनुसन्धान नहुँदा कृत्रिम उत्पादनको पहल भएको छैन। 

विश्वमा पाइने ५ सय ४० प्रजातिमध्ये नेपालमा १७ प्रजातिका यार्सागुम्बा पाइन्छ । ओफियोकोर्डिसेप्स साइनेन्सिस जातको यार्सागुम्बा नेपालमा मात्रै पाइन्छ। नेपालका २७ हिमाली र पहाडी जिल्लाका चौँरीखर्क र घाँसे मैदानमा यार्सागुम्बा पाइन्छ। डोल्पा र दार्चुलासँगै संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला लगायत जिल्लामा व्यावसायिक रुपमा यार्सा संकलन हुने गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल दोस्रो यार्सागुम्बा उत्पादक देश हो। पहिलो यार्सा उत्पादक भने चीन हो। जहाँ सन् २०१४/१५ मा ४ अर्ब ९२ करोड मूल्य बराबरको यार्साको व्यापार भएको एक तथ्यांक छ। ठूलो परिमाणमा अवैध रुपमा समेत यसको बिक्री हुने गरेको पाइएको छ।रासस

प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्