काठमाडौं- निर्वाचन आयोगले प्रदेशसभाका सदस्यहरूको अन्तिम सूची प्रदेश प्रमुखहरूलाई बुझाएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सात वटै प्रदेश प्रमुखलाई सम्बन्धित प्रदेशको सदस्य सूची बुझाएका हुन्। शुक्रबार शीतल निवासमा प्रदेश प्रमुखको पद तथा गोपनीयताको सपथ सकिएपछि यादवले अन्तिम निर्वाचन परिणाम बुझाएका हुन्।
आयोगले बुधबार प्रदेश प्रमुखको नियुक्ति भए लगत्तै निर्वाचन परिणाम घोषणा गरेको थियो। उसले आजै प्रदेशसभाका समानुपातिक सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो।
प्रदेशसभाको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक प्रावधान छ।
प्रदेशसभाका लागि गत मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो।
प्रदेशसभाका सदस्यले आइतबार सम्बन्धित प्रदेशको अस्थायी राजधानीमा सपथ खाने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।