• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

घट्ला उत्तर कोरियाको परमाणु ज्वरो?

64x64
नेपाल लाइभ शुक्रबार, माघ ५, २०७४  २१:१७
1140x725

सोल- दक्षिण कोरियामा आगामी फेब्रुअरीमा आयोजना हुने शीतकालीन ओलम्पिकपछि उत्तर कोरियाले पुनः आफ्नो आणविक कार्यक्रम सुचारु गर्ने शंका उब्जिरहेका बेला दक्षिणले भने उच्चस्तरीय वार्ता जारी राख्ने निर्णय गरेको छ। 

दक्षिण कोरियाकी विदेशमन्त्री कांग क्यूंग ह्वाले अहिले वार्ता चलिरहँदा प्राप्त अवसरबाट जतिसक्दो फाइदा लिनुपर्ने बताएकी छन्।

दुई चरणमा भएको वार्तापछि दुवै कोरिया शीतकालीन ओलम्पिकमा एकीकृत कोरियाकै मार्चपासमा सरिक हुने सहमतिमा पुगिसकेका छन्। यो वार्तापछि उत्तर कोरियामाथिको दबावमा पुनर्विचार गर्न अमेरिका तथा अन्य राष्ट्रहरुमाथि पनि दबाव पर्ने देखिएको छ।

तर, बुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनले उत्तरमाथिको प्रतिबन्धले उसलाई चोट पुर्‍याउन थालेको तर्क गरेका छन्।

उनले भनेका छन्, ‘हामीलाई यो विश्वास छ, प्रतिबन्धले उत्तरको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमबारे थप वार्ता गर्ने वातावरण बनाउन सघाउ पुग्नेछ।’ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष यदि अमेरिका आफू र आफ्ना सहयोगी देशहरुको सुरक्षाको लागि बाध्य भएमा उत्तर कोरियालाई नै नष्ट गर्न सक्छ भनेर समेत चेतावनी दिएका थिए।

उत्तर कोरियाको मिसाइल परीक्षणबाट आफूलाई मुख्य असुरक्षित मान्ने अर्को देश जापानका विदेशमन्त्री तारो कोनोले बुधबार प्योङयाङको ‘आक्रामक आकर्षण’प्रति विश्व राजनीतिले आँखा चिम्लिएर बस्न नहुने तर्क गरेका थिए। 

‘यो समय उत्तरमाथिको दबावलाई कायम राख्ने समय हो, उसलाई पुरस्कार दिने होइन’, उनले भने।  

Ncell 2
Ncell 2
nimb
nimb

कोरियाली वार्ताको स्थिति

दक्षिण कोरियाली विदेशमन्त्री कांगले भनिन्, ‘उत्तरलाई यदि कुनै देशले नजिकबाट चिनेको छ भने त्यो दक्षिण कोरिया नै हो, जसले दशकौंदेखि उसलाई बेहोरिरहेको छ। जसको चर्चाको शृंखला जारी छ र पछि पनि रहनेछ।’

उनले अहिलेको समयमा आफूहरुबीच कुनै महत्वपूर्ण सम्झौता नभएको तर उत्तरसँग प्रभावकारी वार्ता गर्न यसलाई मौकाको रुपमा लिएको बताइन्। 

‘तपाईं सबै प्रकारका सिद्धान्तलाई यी किसिमका वार्तामा एजेन्डा बनाउन सक्नुहुन्न’, उनले खुलाइन्, ‘उत्तर कोरियाका नीति निर्माताहरु पनि आफ्ना कामको हिसाब निकै मिहीन ढंगबाट गरिरहेका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विदेशमन्त्री कांगले दक्षिण कोरिया र यसका सहयोगी राष्ट्रहरु लामो समयदेखि कोरियाली प्रायद्वीपमा चाहिरहेको शान्तिको पक्षमा अझै पनि अडिग रहेको बताइन्।

सोलले अधिक मात्रामा मानवतावादी सहायता चाहेको बताउँदै विदेशमन्त्री कांगले भनिन्, 'प्रतिबन्ध लागू हुन लागेको अवस्थामा उत्तरलाई आवश्यक पर्ने राहत सामग्री पठाउन सकियोस्।'

यसरी भयो सम्झौता 

दुई कोरियाबीच चर्किएको विवाद उच्च बिन्दुमा पुगेको दशकौंपछि यो वार्ता भएको हो। पछिल्ला वर्षहरुमा उत्तरले परमाणु तथा पारम्परिक हतियार कार्यक्रममा द्रुत मात्रामा गरेको प्रगति नै यो वार्ताको जग हो।

कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएपछि संयुक्त राष्ट्र संघले नोभेम्बरमा उत्तरमा पेट्रोल निर्यात र यात्राका लागि प्रतिबन्ध लगाउने शृंखला सुरु गर्योल। यसैबीच, अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देशमा उत्तर कोरियाली नेता किम जोङ उनले संवादका लागि तयार रहेको बताए।

शुभकामना सन्देशमा किमले दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकमा उत्तरको सहभागिताबारे पनि विचार गरिरहेको बताएका थिए। फलस्वरुप दुई कोरियाबीचको उच्चस्तरीय वार्तापछि जनवरी ९ मा ओलम्पिक सहभागिताका लागि उत्तरले सहमति जनायो।

दुई कोरियाबीच २ वर्षदेखि रोकिएको सैन्य हटलाइन पनि पुन: सञ्चालन गर्न दुवै कोरिया सहमत देखिएका छन्।

ओलम्पिकको विषयमा दुई देशबीचको सहमति 

शीतकालीन ओलम्पिकका कारण दुई कोरियाको सीमा सडक करिब २ वर्षपछि खुला हुँदै छ।

वार्तामा भएको सहमति अनुसार हालसम्मका योजनाले यदि मूर्त रुप पाए २ सय ३० चेयर लिडर्स, १ सय ४० अर्केष्ट्राका संगीतकार, ३० जना तेक्वान्दो खेलाडी समेटिएको प्रतिनिधिमण्डल उत्तरबाट ओलम्पिकमा सहभागी हुनेछन्।

महिलाहरुको आइस हक्की टोलीमा दुवै देशका खेलाडी समेट्ने सहमति भएको छ। दुवै कोरियाका खेलाडी एकसाथ मिलेर खेल्न लागेको यो इतिहासमै पहिलो पटक हुनेछ।

यसैगरी, मार्चमा आयोजना हुने पाराओलम्पिकमा पनि १ सय ५० सदस्यीय प्रतिनिधिमण्डल पठाउन उत्तर कोरिया सहमत भएको बताइएको छ।

तर, दुई कोरियाबीच भएका यी सहमतिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को शनिबार बस्ने बैठकले सदर गरेमा मात्र कार्यान्वयन भएको हेर्न पाइनेछ। 

के भन्छन् दक्षिण कोरियाली?

उदारवादी एक नेताले दक्षिण कोरियाको ओलम्पिक एथलेटिक कमिटीलाई ओलम्पिकमा उत्तरको सहभागिताले दुवै कोरियाबीचको सम्बन्ध सुधारमा सघाउ पुग्ने बताएका छन्। 

तर, दक्षिण कोरियाली हक्की टोलीका प्रशिक्षकले भने संयुक्त हक्की टोली बनाउँदा दक्षिणले एक पदक गुमाउने खतरा रहने उल्लेख गरेका छन्।

- विमर्श कँडेल, एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्