• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१० वर्षमा काबेली कोरिडोर सम्पन्न

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  २२:११
1140x725

फिदिम- एक दशक अघिबाट निर्माण प्रक्रिया शुरु भएको काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारणलाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ। 

आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार दुई दिनअघि आयोजनाको तेश्रो तथा अन्तिम खण्ड निर्माणको सम्पूर्ण कार्य पूरा भएको हो। तेश्रो खण्डको निर्माण पूरा भएसँगै प्रसारण लाइन परीक्षणको तयारी शुरु भएको छ। उनका अनुसार अन्तिम खण्डको प्रसारण लाइनमा यही साउन १७ गतेबाट परीक्षण प्रसारण हुनेछ। करीब एक हप्ता विद्युत् परीक्षण गरी उक्त खण्ड चार्ज गरिनेछ। यो खण्ड १३ किलोमिटर लामो रहेको छ। 

यो खण्ड पाँचथरको फिदिम नगरपालिका–४ थापाटार सबस्टेशनदेखि पाँचथरकै हिलिहाङ गाँउपालिका–१ दुवीचौर सबस्टेशनसम्म रहेको छ। 

आयोजना कार्यालयले साउन १७ गते बिहान ८ बजेदेखि कोरिडोरको हाइटेन्सन लाइनको मुनि तथा टावरको वरीपरी नबस्न, प्रभावित हुने भनी जानकारी गराइएको आसपासको क्षेत्रमा कुनै पनि सामग्री नराख्न स्थानीयवासीलाई आग्रह गरेको छ। 

पाँचथरका साविकका फिदिम, भारपा, सुभाङ, र अमरपुर गाविस तथा तेह्रथुमको छातेढुङ्गा गाविसमा रहेका १ नम्बरदेखि ४० नम्बरसम्मका टावरहरुमा विद्युत् प्रवाह हुनसक्ने भएकाले टावरको नजिक नजान कार्यालयले सचेत गराएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

कोरिडोरको आर्थिक वर्ष २०६६/०६७ मा निर्माण प्रक्रिया शुरु भई आर्थिक वर्ष २०७१/०७२ मा निर्माण कार्य प्रारम्भ भएको थियो। पूर्वी पहाडमा निर्माण गरिएका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोरिडोरको निर्माण कार्य चार वर्षअघि सकिनुपर्ने थियो। भारतीय निर्माण कम्पनी ज्यागुर ओभरसिज एन्ड एस्टर जेभीले रु एक अर्ब ३० करोडमा आयोजना निर्माणको ठेक्का लिएको थियो। तर, मुआब्जामा चित्त नबुझाएका स्थानीय प्रभावितको अवरोध, सामुदायिक वन तथा सरकारी वनका रुख कटानीमा रहेको समस्या, निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना लम्बिन पुगेको आयोजा प्रमुख द्विवेदीको भनाइ छ। चौथो पटक थप भएको म्याद माघ २६, २०७५ मा सकिएको थियो। त्यसपछि पुनः म्याद थप गरी आयोजना सम्पन्न गरिएको हो।

तीन खण्ड, ९१ किमी, ४ सबस्टेशन, २६१ टावर
कोरिडोर झापाको लखनुपरदेखि पाँचथरको अमरपुरसम्म फैलिएको छ। ९१ किलोमिटर लामो कोरिडोरका चार वटा सबस्टेशन छन्। झापाको लखनपुर, इलामको गोदक, पाँचथरको फिदिम–४ थापाटार र हिलिहाङ–१ अमरपुरमा कोरिडोरको सबस्टेशनहरु रहेका छन्। सबस्टेशन निर्माणको कार्य तीन वर्ष अघि नै सम्पन्न भइसकेको थियो। कोरिडोरलाई लखनपुर–गोदक, गोदक–थापाटार र थापाटार–अमरपुर गरी तीन खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको थियो। 

आयोजनाको प्रसारण लाइनमा २६१ वटा सबल सर्किट हाइटेन्सन टावरहरु रहेका छन्। यी टावरहरुको उचाइ ४५ मिटर रहेको छ। लखनुपरदेखि गोदकसम्मको प्रसारण लाइन तीन वर्षअघिबाटै सञ्चालनमा छ। आयोजनाको दोश्रो खण्ड गोदक–फिदिम गत चैतको अन्तिम साताबाट सञ्चालनमा आएको थियो। १३ किलोमिटर लामो अन्तिम खण्ड थापाटार–अमरपुरको भने गत आइतबार निर्माण कार्य पूरा भएको आयोजना प्रमुख द्विवेदीले जानकारी दिए। यस खण्डमा ४० वटा टावर रहेका छन्। 

कार्यकारी निर्देशक घिसिङबाटै पहल
सामुदायिक वनका रुख कटानीमा समस्या झेल्नुपरेकाले निर्माण कार्यमा निरन्तर अवरोध सिर्जना हुने गरेको थियो भने मुआब्जामा चित्त नबुझाएका स्थानीयले टावर गाड्न अवरोध गर्ने गरेका थिए। पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल क्षेत्र र इलामको सिद्धिथुम्का बजार क्षेत्रमा कोरिडोर निर्माण कार्यमा लामो समय अवरोध सिर्जना भएपछि समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम् उपस्थित भई सहजीकरण गरेका थिए। अवरोध नहटेपछि फिदिमको जोरसालमा कोरिडोरको रुट नै परिवर्तन गरिएको छ। 

अब पाँचथर र ताप्लेजुङका आयोजना जोडिने
काबेली कोरिडोर १३२ केभी विद्युत् प्रसारण लाइनको दोश्रो खण्डसम्ममा इलाम र पाँचथरका आधा दर्जन जलविद्युत् आयोजना जोडिइसकेका छन्। तेश्रो खण्ड निर्माण पूरा भएसँगै निर्माण सम्पन्न हुन लागेका २५ मेगावाटको काबेली ‘बी–१’ जलविद्युत् आयोजना, २२ मेगावाटको तल्लो हेंवा जलविद्युत्, १० मेगावाटको इवाखोला जलविद्युत आयोजना र पाँच मेगावाटको फावाखोला जलविद्युत् आयोजना तेश्रो खण्डमा जोडिने छन्। दोश्रो खण्ड पूरा भएसँगै १४ मेगावाटको हेंवा ‘ए’ जलविद्युत् आयोजना कोरिडोरमा जोडिएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल
परोपकारसँगै पोर्तुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टंक सापकोटा
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
परोपकारसँगै पोर्तुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टंक सापकोटा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही हुन सक्दैन : सपना प्रधान मल्ल शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्