काठमाडौं –शिवम् सिमेन्ट लिमिटेडले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न माघ २१ मा विशेष साधारणसभा बोलाएको छ।
शिवम्ले हालको जारी पूँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने जनाएको छ । उक्त पूँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर उद्योग प्रभावित स्थानिय बासिन्दाका लागि समेत निष्काशन गर्ने भएको हो।
हेटाैंडामा मुख्य कारखाना स्थापना गरी शिवम् सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले गत वर्षको खुद नाफाबाट १० रुपैयाँ ५३ पैसा नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।