काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपालले बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को स्वच्छता परीक्षण गर्ने बताएका छन्।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूको सिइओको स्वच्छता परीक्षण राष्ट्र बैंक आफैंले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताएका छन्।
बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि पनि त्यसका सिइओको छनौट पारदर्शी बनाउन लागिएको पनि उनले स्पष्ट पारेका थिए।
उनले बैंक तथा वित्तीय संस्थाहरूको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे।
बैठकमा सांसदले बैंकिङ कसुर लागेकालाई पनि बैंकको सिइओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए।
सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकालाई पनि बैंकले सिइओ नियुक्त गर्दा पनि कारबाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए।
त्यसैगरी सांसद तेजुलाल चौंधरीले गैह्रकृषकलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाएका थिए।
उनले कृषि लोनमा बिचौलियाको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराए।
सांसद चौंधरीले बैंकले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाएका थिए।
(*यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले पाठकवर्गमा पर्न गएको द्विविधाप्रति क्षमायाचना गर्दै सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।