काठमाडौं- आर्थिक वर्ष २०७५/७६ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ४ हजार ८ सय १३ वटा नमूना संकलन गरेकोमा १ सय २७ वटा नमूना मापदण्ड प्रतिकुल रहेको देखिएको छ।
संकलित नमूना दुषित र न्यून गुणस्तरका भएको प्रमाणित भएका वस्तुमा सबैभन्दा धेरै पिउने पानी, खाने तेल र दुग्ध पदार्थसँग सम्बन्धित छन्। प्रतिकुल नमूनामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीका ४७ वटा, तेल तथा घ्यूका २५ वटा र दूध तथा दुग्ध पदार्थका २३ वटा नमूना भेटिएका थिए।
त्यसैगरी खाद्यान्न तथा दलहनका ७, फलफुल तथा सागपातका ७, दाना पदार्थ ७ र बाँकी अन्य खाद्य पदार्थ रहेका छन्।
गत आर्थिक वर्षमा विभागले खाद्य तथा दाना उद्योग, होटल, रेस्टुरेन्ट, राजमार्गका होटल गरी ३ हजार ५ सय २५ पटक निरीक्षण अनुगमन गरेको जनाएको छ।
खाद्य तथा दाना ऐन २०७५ र प्रचलित अन्य नियमअनुसार न्यून गुणस्तर तथा दुषित उत्पादन र बिक्री/वितरण गरेको कसुरमा विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा १ सय ४८ वटा मुद्दा दायर गरेको छ।
दायर गरिएका १ सय ४८ थान मुद्दामध्ये सबैभन्दा बढी प्रशोशित पिउने पानीका मुद्दा छन्। पिउने पानीका ३९ वटा, खाने तेलका २९ वटा, दानाका ६ वटा र बाँकी विभिन्न खाद्य पदार्थका रहेका छन्।
दायर गरिएका मुद्दामा ४२ वटा मुद्दा दुषितका, ८३ वटा न्युन गुणस्तरका र बाँकी लेबल लगायत विवरण नमिलेका विषयमा छन्।
गत आर्थिक वर्षमा विभागले जम्मा १४ हजार ८७ सय ८३ वटा नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गरेको जनाएको छ। गत वर्ष विभागमा ११ वटा मात्रै उजुरी परेका छन्।
यी हुन् मुद्दा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।