काठमाडौं- नेपाल एयरलाइन्ससँग रहेका ४ वटै वाई–१२ जहाज ग्राउन्डेड भएको छन्।
निगमसँग ४ वटा वाई-१२ जहाज भएपनि पछिल्लो समय एउटा मात्रै जहाज उडिरहेको थियो।
एउटा मात्रै जहाजले दैनिक एक उडान भरिरहेको अवस्थामा जुलाई २९ बाट भने सबै वाई–१२ जहाजको उडान बन्द भएको हो।
२८ जुलाईमा काठमाडौं–दाङ–काठमाडौं उडानपछि वाई-१२ ग्राउन्डेड भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
नेपाल एयरलाइन्सका प्राविधिक इन्जिनियरले २९, ३० र ३१ जुलाई गरी तीन दिनका लागि जहाज ग्राउन्डेड भएको सूचना एयरलाइन्सको अपरेसन विभागमा पठाएका थिए।
तर, नेपाल एयरलाइन्सको वाई–१२ जहाज जनवरीदेखि नै कहिलेकाँही मात्रै उडिरहेका छन्।
निगमका सिनियर पाइलद नृपेन्द्र भट्टराई पनि जहाज उडानमा फर्किसकेको अवस्थामा फेरि जहाज ग्राउन्डेड भएको हाे।
जहाज उडानमा भट्टराईबाहेक आइपी पाइलट आङनुरी शेर्पा र सञ्जय वादे छन्। सञ्जय वादे बिरामी भएका कारण पाइलट लाइसेन्स नवीकरण हुने सकेको छैन।
यसैगरी फिजियोनाथ नेपाली र केबी लिम्बूको पाइलट तालिम सकिएपनि लाइसेन्स भने जारी भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।