काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शुक्रबार छलफल भएको छ।
दिउँसो १ बजेदेखि करिब ३ घन्टासम्म ओली निवास बालकोटमा चलेको छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए।
दुई नेताबीच शनिबार पनि छलफल हुने जनाइएको छ। शनिबार नै थप गृहकार्य गरेर आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ।
पार्टी एकता छिटै टुंग्याउन दुवै शीर्ष नेता सहमत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।