• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपालमा कृषि बिमाप्रति आकर्षण बढ्दो, ५ वर्षमा ३२ अर्ब बिमांक रकम संकलन

64x64
नेपाल लाइभ बुधबार, साउन १५, २०७६  ०५:४७
1140x725

काठमाडौं– नेपालमा बाली तथा पशुपंक्षी बिमाप्रति आकर्षण बढ्दै गएको छ।

सरकारले बाली तथा पशुपंक्षी बिमामा अनुदान कार्यक्रम अघि सारेसँगै कृषि बिमामा आकर्षण बढ्दै गइरहेको बिमा समितिले जनाएको छ।

सरकारले बाली तथा पशुपंक्षी क्षेत्रलाई प्रवर्द्धन तथा विकास गरी बाली र पशुपालन क्षेत्रको जोखिम न्यूनीकरणका लागि २०७० सालदेखि कृषि बिमा कार्यक्रम अघि सारेको हो।

कृषि बिमा कार्यक्रम सुरु भएदेखि हरेक आर्थिक वर्षमा कृषि बिमा शुल्क उल्लेख्य संकलन भएको बिमा समितिको तथ्यांकले देखाउँछ।

बिमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले कृषकहरुलाई प्रोत्साहन गर्न सरकारले अनुदान प्रदान गरेसँगै कृषि बिमाप्रतिको आकर्षण बढ्दै गइरहेको बताइन्। ‘अघिल्ला वर्षहरुको तथ्यांक हेर्दा पनि कृषि बिमामा कृषकहरुको आकर्षण क्रमशः बढ्दै गएको देखिन्छ, यस वर्ष झनै कृषि बिमामा कृषकहरुको आकर्षण बढ्ने देखिएको छ,’ उनले भनिन्।

बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीको भनाइ पनि उपनिर्देशक ज्ञवालीको बुझाइसँग मेल खान्छ। कृषि बिमामा किसानले तिर्नुपर्ने बिमा प्रीमियम वापतको ७५ प्रतिशत रकम सरकारले तिरिदिन थालेपछि पनि किसानहरुको आकर्षण बढ्दै गएको उनको भनाइ छ। ‘किसानहरुले बिमा प्रीमियमवापत २५ प्रतिशतमात्रै बेर्होनु पर्छ, सरकारले कृषि बिमामा निकै ठूलो सहयोग पुर्‍याएसँगै यसतर्फ किसानहरुको आकर्षण बढेको हो,’ उनले भने।

यस्तो छ तथ्यांक
कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान वृद्धि गर्ने लक्ष्य लिएको सरकारले २०७१ साउन १ गतेदेखि बिमा शुल्कको ७५ प्रतिशत रकम अनुदान उपलब्ध गराउने नीति लिएको थियो। त्यसभन्दा अगाडि २०७० साउन १ गते सरकारले कृषि बिमाको ५० प्रतिशत प्रिमियम मात्रै किसानलाई अनुदान उपलब्ध गराउने नीति लिएको थियो।

कृषि बिमालाई थप प्रभावकारी बनाउन कृषि तथा पशु विकास मन्त्रालय र बिमा समितिको सहकार्यमा कृषि बिमा अभिकर्ता तालिमलगायत अन्य प्रवर्द्धनात्मक कार्यक्रम ल्याइने समितिले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्मको कृषि बिमाको तथ्यांकमा हरेक वर्ष किसानहरुमा युवा आकर्षण बढ्दै गइरहेको छ।

आर्थिक वर्ष २०७०/०७१ मा ६२ करोड ५४ लाख ४ हजार ६ सय १३ रुपैयाँ विमाङ्क रकम संकलन भएको थियो।

सरकारले २०७१ साउन १ गतेदेखि बिमा शुल्कको ७५ प्रतिशत अनुदान उपलब्ध गराउने नीति अघि सारेसँगै आव २०७१/०७२ मा सो आँकडा करिब ५ गुणाले बढेको थियो। उक्त वर्ष ३ अर्ब १८ करोड ६८ लाख ३३ हजार ८ सय ९५ बिमांक रकम संकलन भएको बिमा समितिको तथ्यांकमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त वर्ष अघिल्लो वर्षको तुलनामा २ अर्ब ६१ करोडभन्दा बढी बिमांक रकम संकलन भएको हो।

आव २०७२/०७३ मा ६ अर्ब ३८ करोड, ४ लाख १२ हजार २ सय २४ बिमांक रकम संकलन भएको समितिको तथ्यांकले देखाएको छ। सोही अवधिमा २७ करोड ८७ लाख ४५ हजार ८० बिमा शुल्कवापत रकम आर्जन भएको छ।

त्यस्तै आव २०७३/०७४ मा ९ अर्ब २४ करोड ५० लाख ६१ हजार ८ सय १५ बिमांक रकम संकलन भएकोमा ४२ करोड ५९ लाख २४ हजार ७ सय ४ बिमा शुल्कवापतको रकम आर्जन भएको थियो। यस आवमा सरकारले ३१ करोड ९४ लाख ४३ हजार ५ सय २८ रुपैयाँ प्रिमियम रकम अनुदान दिएको थियो।

अघिल्लो आव २०७४/०७५ मा १३ अर्ब २२ करोड २५ लाख ८९ हजार २४ रुपैयाँ बिमांक रकम संकलन भएको थियो। ५७ करोड ४० लाख ९८ हजार ८ सय ३७ रुपैयाँ बिमा शुल्क वापत आर्जन भएकोमा अनुदानतर्फ सरकारले कृषकहरुको ४३ करोड ५ लाख ७४ हजार १ सय २८ रुपैयाँ प्रिमियम रकम बेहोरेको थियो।

५ वर्षको अवधिमा कृषि बिमातर्फ ३२ अर्ब ३१ करोड ८३ लाख १ हजार ५ सय ७१ रुपैयाँ बराबर बिमांक रकम संकलन भएको समितिको तथ्यांकले देखाएको छ।

१० महिनामा १६ अर्ब कृषि बिमा शुल्क संकलन
बाली तथा पशुपंक्षी बिमाअन्तर्गत गत आव २०७५/०७६ को १० महिना (साउनदेखि बैसाख मसान्तसम्म)मा बाली बिमातर्फ ७५ करोड २२ लाख ९ हजार बराबरको बिमांक रकम संकलन भएको छ भने पशुपंक्षी बिमातर्फ १५ अर्ब ५३ करोड ५५ लाख ४१ हजार रुपैयाँ बराबर बिमांक रकम संकलन भएको छ।

बाली र पशुपंक्षी बिमा गरेर १६ अर्बभन्दा बढी बिमांक रकम संकलन भएको समितिको तथ्यांकले देखाउँछ।

सोही अवधिमा बिमा समितिले बाली बिमाअन्तर्गत ३ करोड ५७ लाख ८७ हजार रुपैयाँ र पशुपंक्षी बिमाअन्तर्गत ६९ करोड ४३ लाख ३१ हजार बराबर बिमा शुल्क आर्जन भएको छ।

उक्त १० महिनाको अवधिमा बाली बिमामा २ करोड ६८ लाख ४० हजार ५ सय ६ रुपैयाँ र पशुपंक्षी बिमामा ५२ करोड ७ लाख ३१ हजार रकम सरकारले अनुदान दिएको समितिले जनाएको छ।

के हो कृषि बिमा? यस्ता जोखिम समेटिन्छन्
कृषि बिमा जोखिम व्यवस्थापनको औजार हो। यसले सम्भावित जोखिमबाट हुनसक्ने क्षतिविरुद्ध वित्तीय सुरक्षा उपलब्ध गराउँछ।

बालीनालीमा लाग्ने किरा, रोग तथा खडेरी, बाढी इत्यादिको जोखिम तथा पशुहरुमा लाग्ने रोग, बाघ, भालुलगायतका जंगली जनावरबाट हुने आक्रमण आदिको जोखिमको भार कृषकमा कम रहोस् भन्न कृषि बिमा गरिन्छ।

कृषि बिमाले कृषि क्षेत्रमा प्राकृतिक वा अन्य कारणले हुन सक्ने क्षतिका विरुद्ध आर्थिक सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ। जसले गर्दा किसानहरुलाई ढुक्कसँग कृषिमा लगानी गर्न प्रोत्साहन प्राप्त गर्दछन्।

बाली तथा पशुपंक्षी बिमाले कृषि, भूकम्प, बाढी, पहिरो तथा डुबान, खडेरी, , आँधी, असिना, हिउँ तुसारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु लगायतका जोखिम समेटिन्छन्।

बाली बिमातर्फ तरकारी (लागतमा आधारित आलु, च्याउ), अन्नबाली, घाँसे बाली, मसला( अदुवा, बेसार, अलैँची), फलफूललगायत अन्य चियाकफी जस्ता कृषि उत्पादनको बिमा गर्न सकिन्छ।

पशुपंक्षी बिमातर्फ विभिन्न किसिमका घरपालुवा जनावरहरु एवम् कुखुरा, अस्ट्रिच, हाँसलगायत पंक्षीहरुको बिमा गर्न सकिन्छ।

माछापालन गर्दासमेत किसानहरुले जोखिम न्यूनीकरणका लागि माछा बिमा गर्न सक्छन्।

(सबै तस्बिरहरु रुपन्देहीस्थित 'मोर्डन इन्टिग्रेटेड एग्रो फार्म'का हुन्। तस्बिर- लिलु डुम्रे)

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  ०५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्