काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार अघिल्लो साताको तुलनामा यो साता ३५ दशमलव ९८ प्रतिशतले घटेको छ। यो साता १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
त्यस्तै यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १ हजार ४ सय ६ दशालव ५२ अंकमा पुगेको छ। भने ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ३४ अंकले घटेर २ सय ९६ दशमलव ८६ अंकमा आइपुगेको छ । कम्पनीको १९ करोड ८ लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।