काठमाडौं– पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। कम्पनीको ११ लाख कित्ता आइपिओ आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयका लागि बिक्री खुल्ला भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। सन्दकपुर गाउँपालिकाबासीले ६ लाख ६० हजार तथा इलाम नगरपालिकाबासीले ४ लाख ४० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।
सेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा माबुस्थित आयोजना कम्पनीको कार्यालयमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम २० देखि अधिकतम ५ हजार ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीले जारी गरेको आइपिओमा माघ १९ गतेसम्म आवेदन दिन पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।