काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। केन्द्रीय बैंकले प्रत्यक्ष बोलकबोलमार्फत विकास ऋणपत्र खरिद गरी बजारमा पैसा प्रवाह गर्न लागेको हो।
ऋणपत्र बिक्री गर्न चाहनेले शुक्रबार १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ। बोलकबोलकर्ताले ऋणपत्रको परिणाम र मूल्य खुलाएर आवेदन गर्नुपर्नेछ। बाँडफाँटको निर्णय भने तरलताको स्थिति, अल्पकालीन ब्याजदर लगायतका परिसूचकका आधारमा खुला बजार कारोबार सञ्चालन समितिले गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ। चालु आर्थिक वर्षमा मात्र राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।