काठमाडौं– सिद्धार्थ बैंकले ‘भाइबर बैंकिङ सेवा’ सुरु गरेको छ। ग्राहकले बैंकको स्मार्ट मोबाइल बैंकिङ सेवामा मोबाइल नम्बर रजिस्टर गरी यो सेवा लिन सक्नेछन्। ग्राहकले भाइबर बैंकिङमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, कर्जा सुविधा, मुद्दती खाता लगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सक्ने बैंकले जनाएको छ।
यसैगरी, बैंकमा खाता नभएका सर्वसाधारणले पनि बैंकका शाखा र एटिएम काउन्टरबारे जानकारी लिन सकिने बैंकले जनाएको छ।
बैंकले हाल देशभर ३ एक्सटेन्सन काउन्टर, ८२ शाखा, १ सय ५ एटिएम काउन्टर र ९९ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले २०७४÷०७५ को पुससम्ममा ८५ अर्ब ५७ करोड निक्षेप संकलन र ७६ अर्ब ९५ करोड कर्जा लगानी गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।