• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन १८, २०८२ Mon, Mar 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रभावकारी बनेन कोपोमिस, ३५ हजार सहकारीमध्ये २२ सयको मात्र विवरण संकलन

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १७:४२
1140x725

काठमाडौं- देशभरका सहकारी संस्थालाई केन्द्रीय तथ्याङ्क प्रणालीमा आबद्ध गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यान्वयनमा ल्याएको ‘सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणाली (कोपोमिस) प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन। 

मन्त्रालयले यो प्रणाली कार्यान्वयनमा ल्याउन पछिल्लो ५ वर्षदेखि पहल गरिरहेको छ। तरपनि हालसम्म पूर्ण कार्यान्वयनमा आउन भने नसकेको देखिएको छ। देशभर करिब ३५ हजारका हाराहारीमा सहकारी दर्ता भएका छन्। तर कोपोमिसमा आबद्ध सहकारीको संख्या भने ३२ हजार ५ सय मात्रै छ। तर बिहीबार बेलुका सम्ममा २ हजार १ सय ८७ वटा सहकारीले संस्थाको विवरण कोपोमिसमा राखेका छन्। 

सहकारी विभागका अनुसार करिब ६ प्रतिशतको हाराहारीमा मात्र सहकारीले मात्रै मासिक विवरणलगायतका वित्तीय विवरण कोपोमिसमा राखेका छन्। तर बाँकी सहकारी यो प्रणालीमा सामान्य रूपमा जोडिए पनि विवरण भरेका छैनन्। 

स्थानीय तह र प्रदेश सरकारलाई छैन चासो
सहकारी विभागका रजिस्टार डा. टोकराज पाण्डे स्थानीय तहले चासो नदेखाउँदा सहकारीका तथ्याङ्क तथा सूचना व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिएको धारणा राख्छन्। ‘सहकारी ऐन–२०७४ ले सहकारीलाई कार्यक्षेत्रका आधारमा तीन वटै तहमा हस्तान्तरण गर्ने व्यवस्था गरेको छ। स्थानीय तह, पालिका तथा प्रदेश सरकारले सहकारीको दर्तादेखि नियमनको जिम्मा पाएका छन्। कोपोमिस प्रणाली कार्यान्वयन गराउन पनि उनीहरूको कार्यक्षेत्रभित्र पर्छ। तर केही स्थानीय तहले यस विषयमा नबुझेर र केही स्थानिय तहले बुझ्दाबुझ्दै पनि अल्छी गरेर काम गर्न नखोजेको अवस्था पनि छ,’ रजिस्टार पाण्डेको भनाइ छ। 

सहकारी संस्थालाई पनि संघीयताकै मोडलमा लगिएपछि संघीय सरकारलाई त्यस क्षेत्रका बारेमा केन्द्रीकृत तथ्याङ्क फेला पार्नै सकस छ। विभागले सबै स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने सहकारीलाई कोपोमिसमा आबद्ध गराउन पटकपटक परिपत्र समेत गरेको पाण्डेको भनाइ छ। स्थानिय निकाय र प्रदेश सरकारले महत्व नदिएका कारण संघीय मन्त्रालयबाटै  बाध्यकारी व्यवस्थासहित सबै प्रदेश र स्थानीय तहमा निर्देशन गर्नु आवश्यक रहेको उनको भनाइ छ। 

विभागले ७ सय ६१ वटा निकायबाट नै युजर नेम र पासवर्ड वितरण गरिसकेको छ। तर वितरण भएका युजर नेम र पासवर्ड सबै सहकारीले पाइसकेका छैनन्। स्थानीय तहले नै प्रारम्भिक सहकारी संस्थालाई नियमित रुपमा तथ्यांक कोपोमिसमा इन्ट्री गराउन चासो देखाएका छैनन्। 

भौगोलिक विकटता र इन्टरनेटको पहुँचमा सहकारी संस्था नभएकाले कापोमिस कार्यान्वयन हुन नसकेको पाण्डेले उल्लेख गरेका छन्। ‘अहिले बचत तथा ऋण सहकारी संस्थाको भन्दा पनि कृषि तथा साना किसान सहकारी संस्थाको संख्या बढी छ। यस्ता कतिपय संस्था ग्रामीण भेगमा भएका कारण कोपोमिसमा आबद्ध गर्न कठिनाइ भएको हो,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने। 

कोपोमिसबारे सहकारी नै जानकार छैनन् : अभियन्ता
सरकारले लागू गर्न खोजेको कोपोमिसका सम्बन्धमा सबै सहकारी जानकार नभएकाले कार्यान्वयनमा समस्या देखिएको सहकारी अभियन्ताहरूको बुझाइ छ। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल सहकारी क्षेत्रका लागि कोपोमिस अत्यावश्यक रहे पनि त्यसका महत्व बुझाउन नसक्दा समस्या देखिएको धारणा राख्छन्।

Ncell 2
Ncell 2

कोपोमिस कार्यान्वयनमा ल्याउन सहकारीकर्मी उत्साहित छन्। तर विभाग तथा मन्त्रालयले नै कार्यान्वयन गर्न जोड दिनुपर्छ। यो प्रणाली के हो र किन आवश्यक छ भनेर बुझाउन सके समस्या हुँदैन,' बडालले भने। 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेत मन्त्रालय र विभागसँग प्राविधिक कर्मचारी अभावका कारण कोपोमिस कार्यान्वयन जटिल भएको बताउँछन्। ‘वित्तीय कारोबार गर्ने सबै सहकारीलाई एउटै प्रणाली र सफ्टवेयरमा ल्याउन आवश्यक छ। तर सबै तहमा सहकारी र कोपोमिस बुझेका कर्मचारीको अभाव छ। जनप्रतिनिधिले पनि वास्ता गरेका छैनन्,’ उनको भनाइ छ।

नेपाल कृषि केन्द्रीय सहकारी संघका महाप्रबन्धक रुद्र भट्टराई भने सबै सहकारी संस्था कोपोमिसमा आबद्ध हुन चाहेको भए पनि यसलाई बाध्यकारी नबनाइएकाले समय बढी लागेको धारणा राख्छन्।  

सूचना चुहिने भ्रमले तर्किन्छन् सहकारी
संस्थाको सूचना बाहिरिन्छ भन्ने  भ्रमले सहकारी संस्थाहरू कोपोमिसमा आबद्ध हुन नखोजेको काडमाडौं महानगरपालिका सहकारी विभागका विभागीय प्रमुख नमराज ढकाल बताउँछन्। ‘सहकारीलाई आफ्नो संस्था र सदस्यको गोपनीयता भंग हुने डर छ। त्यसकारण उनीहरू कोपोमिसमा आउन चाहँदैनन्। तर कोपोमिसबाट सूचना बाहिरिने वा गोपनीयता भंग हुने भन्ने कुरामा सत्यता छैन,’ ढकाल भन्छन्। 

कोपोमिसबाट कुनै पनि संस्था र त्यसका सदस्यको गोपनीयता बाहिरिने विषयमा सहकारी विभागका रजिस्टार पाण्डे पनि सहमत छैनन्। कोपोमिस भरपर्दो र विश्वासिलो सफ्टवेयर भएकाले अधिकारप्राप्त निकायबाहेक कसैले पनि कोपोमिसमा राखिएको सूचना हेर्न नसक्ने पाण्डेको भनाइ छ। 

के हो कोमोमिस?
कोपोमिस इन्टरनेटका माध्यमले चलाइने विद्युतीय सफ्टवेयर प्रणाली हो। सहकारी संस्थाहरुको सूचना संकलन गर्ने, प्रशोधन गर्ने, तथ्याङ्क अद्यावधिक गर्ने, आवधिक रूपमा प्रतिवेदन तयार पार्ने तथा त्यसको विश्लेषणसमेत गर्ने प्रयोजनका लागि मन्त्रालयले कार्यान्वयनमा ल्याउन खोजेको प्रणाली कोपोमिस हो। 

यसमा सहकारीहरूको वित्तीय विवरण, कर्मचारी विवरण, साधारणसभा, निर्वाचनलगायतका तथ्याङ्क राखिन्छ। सहकारी संघ/संस्थाबाट अनलाइन निवेदन दर्ता, एकीकरण, विनियम संशोधन, प्रतिवेदन संकलनलगायतका काम पनि गर्न सकिने सहकारी विभागको भनाइ छ। 

सहकारी संघ/संस्थालाई नियामक निकायले अनलाइनमार्फत् सहजीकरण, समन्वय, सूचना र परिपत्र कोपोमिसमार्फत् गर्न सकिन्छ। कोपोमिसमा वित्तीय विवरण मात्र नभई गैह्र-वित्तीय तथ्यांक पनि राखिन्छ। 

सहकारी संघ/संस्थाको गठन, स्थापना, कारोबार तथा वित्तीय अवस्थासम्बन्धी भरपर्दो एवं अद्यावधिक सूचना, आँकडा एवं तथ्यांक समयमा प्राप्त हुने भएका कारण पनि मन्त्रालयले कोपोमिस कार्यान्वयनमा ल्याउन खोजेको हो। कोपोमिस प्रणालीबाटै सहकारी क्षेत्रको वास्तविक स्थिति तथा प्रगति आँकलन गरी सरोकारवाला निकायलाई सहकारीसम्बन्धी उपयुक्त निर्णय लिन पनि सघाउ पुग्ने देखिन्छ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि काँग्रेसद्वारा ‘हेल्प डेस्क’ स्थापना सोमबार, फागुन १८, २०८२
यस्तो छ आइजिपी कार्कीको एक सय दिनको उपलब्धि सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्