काठमाडौं– राधी जलविद्युत् कम्पनीले निष्कासन गरेको साधारण सेयर (आइपिओ) ७१ हजार १ सय ३ जना सर्वसाधारणले पाएका छन्।
निष्कासन तथा बिक्री प्रबन्धक नबिल क्यापिटलले बुधबार गोलाप्रथाबाट सेयर बाँडफाँट गरेको छ। कम्पनीको सेयरमा सदर भएका १ लाख ६४ हजार ९ सय ९० आवेदकमध्ये ७१ हजार १ सय २ जनाले जनही १० कित्ता र एक जनाले ११ कित्ता सेयर प्राप्त गरेको कम्पनीले जनाएको छ।
कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयरका लागि पुस ३ देखि ६ सम्म आवेदन खुल्ला गरेको थियो। जसमध्ये कर्मचारीका लागि १५ हजार २ सय ९१ कित्ता र सामूहिक लगानी कोषका लागि ३८ हजार २ सय २८ कित्ता सेयर छुट्याइएको थियो। बाँकी रहेको ७ लाख ११ हजार ३१ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।