• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विद्यार्थीलाई 'क्यारेक्टर सर्टिफिकेट' दियौं, क्यारेक्टर बुझाउन सकेनौं

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०७४  ०९:३१
1140x725

'शैली, दादालाई चकलेट दियौ?' पाँच वर्षकी मेरी छोरीलाई सोधेँ। 

उसले तुरुन्त जवाफ दिई, 'दिएँ बाबा।' 

केहीबेरपछि १० वर्षको छोरा सुयोगलाई चकलेट कस्तो लाग्यो भनेर सोध्दा अचम्म मानेर उसले भन्यो, 'कुन चकलेट, खै मैले त पाएकै छैन।'

छोरीले नराम्रो राजनीति गरिछे भन्ने सोचेर बोलाएँ। अनि दाइले नपाएको तर उसले दिएँ भनेको बेरुजु चकलेटबारे सोधेँ। उसले तुरुन्तै आफू फसे र अब ढाँटेर केही हुनेवाला छैन भन्ठानेर गल्ती स्वीकार्दै भनी, 'आई एम सरी बाबा, मलाई मनपर्‍यो खाएँ। तर हजुरसँग झुटो बोलेँ। अबदेखि यस्तो गल्ती गर्दिनँ।'

उसको आँखा केही झुकेको थियो र मनमा ग्लानिको भावना थियो। पाँच वर्षकी अबोध छोरीले गल्ती स्वीकारेपछि मेरो मन पग्लिएर आयो। उसलाई अँगालो मार्दै भनेँ, 'ठिक छ छोरी, तिमीले गल्ती गरेँ भन्ने महसुस गर्‍यौ त्यो नै ठूलो कुरा हो। अब त्यस्तो गर्दिनँ भनेपछि तिम्रो बाबालाई विश्वास भयो। गल्ती सबैको हुन्छ तर गल्ती स्विकार्नु नै ठूलो कुरा हो।'

हामी सबैले जानी-नजानी गल्ती गर्छौं र त्यसलाई ढाकछोप गर्न केके सम्म गर्छौं भन्ने उदाहरण माथिको प्रसंगले देखाउँछ। 

हामीभित्र मानव र दानवका केही गुण हुन्छन्। सत्कर्मले मानव गुण र खराब कर्मले दानव गुण बढ्दै जान्छ भनेर पनि भनिन्छ। जसरी हाम्रो शरीर पूरै स्वस्थ हुन एकएक अंग स्वस्थ हुन जरूरी छ त्यसरी नै देशको समृद्धि र विकास हुन हरेक क्षेत्रमा सन्तुलित स्वस्थ र सन्तुलित समन्वय हुन जरूरी छ। 

हाम्रा शैक्षिक, प्रशासनिक, न्यायिक, कूटनीतिक र सुरक्षाका संस्थाहरू किन कमजोर छन् र अबको आउने दिनमा हामीले के गर्नुपर्छ? केहि विश्लेषण र सुझाव पेस गर्नेछु।

Ncell 2
Ncell 2
nimb
nimb

समय-सापेक्ष शिक्षाको अभाव
नेपालमा हामीले कामदार उत्पादन गर्ने र प्रश्नको उत्तर सम्झेर दिन सक्ने 'घोकन्ती' शिक्षा को प्रवर्द्धन गरेका छौं।

अध्ययन गर्दा विश्लेषण, विवाद, तर्क-वितर्क गर्ने र विविध विचारलाई समेट्ने हाम्रो शिक्षाले सिकाएकै छैन। हामीले विद्यार्थीहरूलाई 'क्यारेक्टर सर्टिफिकेट' त दियौं तर 'क्यारेक्टर' के हो भनेर बुझाउने जमर्को कहिले गरेनौं। हजारौं विद्यार्थी ब्याचमा निकाल्छौं तर उनीहरूमा हुनुपर्ने साधारण दक्षताका गुणहरू सिकाउन सकेका छैनौं।

'क्यारेक्टर' भनेको मेहनत, त्याग, सूक्ष्म-अध्ययन र अरूप्रतिको संवेदनशीलताले खारेर बनाउने अनुशासन हो भन्ने बुझ्न अझै बाँकी छ। यसको अभावमा देशैभरि 'क्यारेक्टर' नभएका तर हल्ला-हुलदंगा गर्ने र छिटो नतिजा खोज्नेहरूको हरेक क्षेत्रमा वर्चस्व बढिरहेको देख्न सकिन्छ। यसलाई चिर्ने एउटा मात्रै उपाय छ; उत्कृष्ट, दक्ष, लगनशील र नैतिकता भएका अर्थात् 'क्यारेक्टर' भएकाहरूलाई संस्थाको नेतृत्व हाँक्न दिने। 

समन्वयको अभाव
घर, परिवार, देश र विश्वका सम्पूर्ण समस्या एक-अर्कासँग जोडिएर रहेका हुन्छन्। रुखको फलमा किरा लाग्यो भने फल काटेर फालेर मात्रै समस्याको समाधान हुने होइन। किन किरा लाग्यो? माटोको उर्वराशक्तिमा किन ह्रास आयो? कुन उपाय अपनाउँदा समाधान हुन्छ? यो पत्ता लगाउन माटोको अध्ययन, वातावरणको अध्ययन, मलको प्रयोग र कुन समूहले के समस्याबारे सोधखोज गर्ने भन्नेबारे प्रस्ट खाका तयार हुनु जरूरी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा मात्रै होइन विदेशमा हुने प्राय: नेपालीरूले आयोजना गर्ने कार्यक्रमहरूमा समन्वयको टड्कारो अभाव देखिन्छ। यसको सम्पूर्ण नालीबेली हाम्रै शिक्षा नीति, व्यावहारिक दक्षता र समयको सदुपयोगमा ठोक्किन पुग्छ। जबसम्म हामी समस्या समाधान गर्न सक्ने व्यक्ति वा संस्थासम्म पुग्दैनौं, हाम्रा यी समस्या वर्षौंसम्म अझ जेलिएर बसिरहनेछन्। 

मर्यादित तरिकाबाट र नम्र विरोध गर्ने
अरूलाई सानो देखाएर वा होच्याएर म ठूलो भएँ भन्ने सोच हामीमा व्याप्त छ। मानवीय त्रुटि हुन सक्छन् तर व्यक्ति विशेषलाई इंगित नगरी वा चरित्र हत्या नगरी विरोध गर्दा त्यसले दुरगामी प्रतिफल दिन्छ। 

अहिले डा गोविन्द केसी, उहाँको अनसन र सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीबीचको चर्चा जसरी जोडिएर आएका छन्, त्यसले मर्यादित संस्थामा नै शंकाको स्थिति पैदा भएको छ। डा केसी शालीन, नि:स्वार्थ र असल मान्छे हुन्। यसमा कसैको दुई मत छैन तर वरिष्ठ डाक्टरले न्यायालयको उच्च पदमा रहेका व्यक्तिलाई 'यो भ्रष्ट छ, यसलाई कारबाही नगरुन्जेल अनसन बस्छु' भन्ने प्रवृत्तिले भोलि नराम्रो नजिरको सुरुवात गर्न सक्छ। बरू उहाँले सम्पूर्ण संस्थाको नीतिनियम राम्ररी कार्यन्वयन गर्न, अनुगमन चुस्त र सही राख्न अनसन बस्छु भन्ने हो भने त्यसले देशका हरेक निकायलाई एउटा नैतिक दबाब पर्ने थियो। 

हैकमवादी राजनीतिक नेतृत्व
नेपालमा जे गरे पनि हुन्छ, भनसुन गरेर जसरी गर्छौं भन्ने संकीर्ण सोचले झन्‌झन् हामी पछि परिरहेका छौं। यो वाद र त्यो वाद, झन्डाको फेरबदल, व्यवस्थाको परिवर्तन र आरोप-प्रत्यारोपमै हामीले वर्षौंदेखि समय खेर फालिरहेका छौं। एकातिर देशमा मौका छैन भनेर धेरै दक्ष जनशक्ति बाहिरिएका छन्। अर्कातिर विदेशमा केही जानेबुझेकाले सल्लाह दिन खोजे यो जान्ने भयो भनेर खिसीट्युरी पनि गर्न पछि पर्दैनौं। हामीले कुनै उच्च पदमा बस्ने समयको सीमा, पदको गरिमा र त्यो पदमा बसिसकेपछि बाँकी जीवन देशलाई असल नागरिक भएर अरू विधामा योगदान के गर्ने भन्ने बारेमा सोचेकै छैनौं। 

दुई-तीन पटक प्रधानमन्त्री भइसकेका नेताहरु फेरि राष्ट्रपति पद पाइन्छ कि भन्ने लबिइङमा छन्। तर उनीहरूलाई 'तपाईं प्रधानमन्त्री हुँदा गरेका ५ वटा राम्रा कुरा भन्दिनुस्' भन्दा भन्न सक्ने स्थिति छैन। यो जनताप्रतिको गैरजिम्मेवारीपन हो कि हैन? उहाँहरूले देश उल्टो दिशामा गएको जिम्मेवारी लिनुपर्छ कि पर्दैन? संसारका कुनै पनि राम्रा मुलुकमा एक-दुई पटक उच्च ओहोदामा बसेका मान्छे निर्वाचन परिणामपछि सुटुक्क पद हस्तान्तरण गरेर कहिले पनि समाचारमा ननाउने गरी बिदा हुन्छन्। यसको निवारण शीर्ष नेताहरूले आत्मालोचना गरेर दक्ष, सबल, नैतिक र आँटिला युवा पुस्तालाई बागडोर सम्हाल्न दिने र आफू सल्लाहकार भएर बस्नु नै हो।

सगरमाथाको उचाइले चिनिने हाम्रो देश छ, झिना मसिना कुरामा अल्झेर र झगडा गरेर आफ्नो उचाइ आफै किन घटाइरहेका छौं? गौतम बुद्ध जन्मेको शान्ति क्षेत्रमा किन भद्रगोल र अशान्तिको मनस्थिति लिएर हिँड्नु? 

इतिहासमा हामीले अंग्रेजी तोप, गोला र बारूद रोकेकै हो, अहिलेको चलखेल पनि पक्कै रोक्न सक्छौं, हामीले आफैमा विश्वास गर्न सके। तर एकले अर्कोलाई सानो देखाएर होइन, हिमाल, पहाड र तराई एक ढिक्का भएर र एकजुट भएर। 

यो देशका विशाल हिमालहरू कसैले हामीलाई अनुदानमा  दिएका होइनन्। यो देशजति शान्त, सुन्दर र उर्वर संसारमा अरू कहीँ छैन। आफैमा विश्वास गर्न सिकौं। विश्वास, नैतिकता र देशभक्ति सिकाउने कुनै पाठशाला छैन; यो हाम्रो अन्तर्मनबाट आउनुपर्छ। 

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्