• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

त्यो च्यातिएको बुट...

64x64
ऋग्वेद शर्मा बिहीबार, साउन ९, २०७६  ०७:०३
1140x725

काठमाडौं- दाइले किनिदिएको ९ सय रुपैयाँको बुट दर्जनौँ पटक सिलाएर फुटबल हानिरहँदा ब्रिजेश चौधरीले सोचेकै थिएनन्, यो दिन आउला। नेपाली फुटबलमा आफ्नो परिचय बन्ला। खेलेर पनि केही होला। मेहनतले उज्यालो भविष्य देखिएला...।

गएको आइतबार नेपाली फुटबल समर्थकमाझ खुब चल्यो ब्रिजेशको नाम। ब्रिगेड ब्वाइज क्लबलाई ललित स्मृति यु-१८ च्याम्पियनसिप फुटबलको उपाधि जिताउँदा ब्रिजेश प्रतियोगिताकै उत्कृष्ट फरवार्ड बने। 

ए डिभिजन लिग खेल्ने १४ क्लबका १८ वर्षमुनिका खेलाडीमाझ ब्रिजेशको विशेष चर्चा हुनुमा उनको गोल मात्रै होइन खेल शैली पनि गज्जबकै थियो। ब्रिगेड ब्वाइजले देखाएको सामूहिक खेल भावनामा ब्रिजेशको भूमिका केन्द्रमा रह्यो। यसैले त, नेपाली फुटबलमा नयाँ परिचय बनेका छन्, ब्रिजेश चौधरी। 

चोटले बाहिर बस्नुपरेको पीडा भुलाएर वापसी यति उत्कृष्ट भयो कि ब्रिजेशले पुराना दिन बिर्साइदिए।

ललित स्मृति च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता रहेका ब्रिजेश भर्खरै फुटबलमा ‘कमब्याक’ गरेका खेलाडी हुन्। २०७४ को असोजमा हल्चोक मैदानमा भएको एएफसी यु-१६ च्याम्पियनसिप छनोटमा प्यालेस्टाइनसँग खेल्दा घुँडामा लागेको चोटले उनी झण्डै डेढ वर्ष मैदान बाहिर रहनु पर्‍यो। 

चोटले बाहिर बस्नुपरेको पीडा भुलाएर वापसी यति उत्कृष्ट भयो कि ब्रिजेशले पुराना दिन बिर्साइदिए। ललित स्मृतिको समूह चरणमा नेपाल पुलिसलाई ३-० ले हराउँदा ब्रिजेशले एक गोल गरे। सरस्वती क्लबलाई ११-१ ले हराउँदा त उनले ह्याट्रिक नै पूरा गरे। ब्रिजेशको ह्याट्रिकले हौसिएको टिम सबैमाथि भारी पर्यो‍।

जावालाखेल युथ क्लबलाई ३-० ले हराउँदा पनि ब्रिजेशको नाममा एक गोल रह्यो। क्वाटरफाइनलमा एपिएफसँगको प्रतिस्पर्धात्मक खेलमा २-१ ले हराउँदा पनि उनले एक गोल हानेरै छाडे। सेमिफाइनलमा मनाङ मर्स्याङ्दीलाई ७-१ ले हराउँदा ब्रिजेशको एक गोल उत्कृष्ट रह्यो। 

फाइनलमा पुलिस क्लबसँगै भिडेको ब्रिगेड ब्वाइजका लागि एकमात्र निर्णायक गोल उनै ब्रिजेशले हानेका थिए। जसले क्लबलाई लगातर दोस्रो पटक ललित स्मृति यु-१८ को उपाधि जितायो। नेपाली फुटबलमा ब्रिजेश नामलाई स्थापित गरायो। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रतियोगितामा आफूले हानेका ८ गोल सम्झँदै ब्रिजेश भन्छन्, ‘गोल मात्रै मेरो नाममा रहेको हो, त्यसमा टिमका सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ। एक खेल पनि नहारिकन च्याम्पियन बन्यौँ। असाध्यै खुसी लागेको छ।’

ब्रिजेशको यही भनाइले पनि थाहा हुन्छ, उनी जस लिन हतारिँदैनन्। नतिजामा भन्दा मेहनतमा विश्वास गर्छन्। पछाडि फर्केर सोचिरहनु भन्दा अगाडि हेरेर बढ्न मन पराउँछन्। यु-१६ राष्ट्रिय टिमबाट सँगै खेलेका प्राय: साथी यसपटक ब्रिजेशसँगै थिए। त्यसले पनि आफूहरूको खेल मिलेको उनलाई लाग्छ। 

गएको वर्ष ब्रिगेड ब्वाइजले नै उपाधि उचाल्दा ब्रिजेश भने घुँडाको चोट ठीक हुने दिन पर्खिरहेका थिए। उपचारमा हिँडिरहँदा उनलाई लाग्थ्यो, ‘सँगै खेलेका साथीहरु कहाँ पुगिसके म जहाँको तहीँ छु।’ 

चोटले छाएको निराशालाई उनले लामो समय टिक्न दिएनन्। ठीक हुन निरन्तर प्रयास गरिरहे। अस्पतालको उपचारदेखि सक्ने अभ्यासमा मैदानसम्म धाइरहे।  

ती पुराना दिन
ब्रिजेशको घर सप्तरीको कुशाहामा पर्छ। तीन दाइपछिका कान्छा छोरा उनी सानैदेखि फुटबलतिरै तानिए। टोलमा दाइहरुले खेलेका प्रतियोगिता देखेरै उनलाई फुटबलमा विशेष चाख बसेको थियो। 

तर समस्या, आफ्ना उमेरका खेल्ने साथीहरु थिएनन्। प्रतियोगिता आउने बेला मात्रै फुटबल वरपर झुम्मनेहरुले उनको रहर पूरा हुने कुरै थिएन। यसैले ब्रिजेश एक्लै पनि अभ्यास गर्थे। बलसँग यताउति गरेरै विद्यालयपछिको समय बिताउँथे। 

पुराना दिन सम्झँदा ब्रिजेश भन्छन्, ‘सुरु सुरुमा त घरबाट गाली धेरै नै खानुपर्थ्यो, नेपालमा फुटबल खेलेर के हुन्छ र?

टाढाटाढा गएर ठूला प्रतियोगिताहरुमा खेल्न त घरबाट नदिनु ब्रिजेशका लागि मात्रै नौलो होइन। नौलो चाहीँ के भने उनी भागीभागी पनि खेल्न हिँडिदिन्थे। एक्लै घण्टौँ अभ्यास गरेर बसिदिन्थे। यसैले टोल छिमेकमा खबर आदानप्रदान हुन थाल्यो, ‘ब्रिजेश फुटबल गजवको खेल्छ।’ 

यस्तै चर्चाले उनी वरपरका प्रतियोगिताहरुमा पुग्न थाले। फुटबलमै लागेहरुलाई भेट्न थाले। नियमित जस्तै खेल हुन थाल्यो। जसले उनी यु १६ को जिल्लास्तरीय छनोट, क्षेत्रीय छनोट हुँदै एन्फा एकेडेमीसम्म आइपुगे। एन्फामा आएपछि त फुटबलबाहेक अरु कुरा नसोची लागिरहे। 

पुराना दिन सम्झँदा ब्रिजेश भन्छन्, ‘सुरु सुरुमा त घरबाट गाली धेरै नै खानुपर्थ्यो, नेपालमा फुटबल खेलेर के हुन्छ र? अरु कुरा नसोची राम्ररी पढ्नुपर्छ भन्नुहुन्थ्यो। विस्तारै खेल्दै राम्रो गर्दै जाँदा घरबाट पनि राम्रो समर्थन पाएँ। २०१६ मा त एन्फामा आइपुगिहालेँ।’

घाइते हुँदाको पीडा
एन्फामा आएदेखि नै सेन्टर फरवार्डमा ब्रिजेशको मेहनत दोब्बर भएको थियो। उमेर समूहको राष्ट्रिय टिममा उनको उपस्थिति बलियो थियो। यु-१४, यु-१५ हुँदै यु-१६ राष्ट्रिय टिममा चलिरहेका ब्रिजेश एकाएक हराए। 

२०७४ को असोजमा हल्चोक मैदानमा भएको एएफसी यु-१६ च्याम्पियनसिप छनोटमा प्यालेस्टाइनसँग खेल्दा घुँडामा लागेको चोटले उनी झण्डै डेढ वर्ष मैदान बाहिर रहे। 

‘घाइते भएको सुरुको नौ महिना त लगातार अस्पताल गएर नै उपचार गराइरहेको थिएँ। त्यसपछि विस्तारै जिम, ग्राउन्ड रिह्याब गर्न थालेँ। बल्ल म मैदान फर्कन सक्छु भन्ने आश बलियो बन्यो’ ब्रिजेशले सुनाए।  

ग्राउन्ड रिह्याबको समय त आयो तर त्यसका लागि कता जाने भन्ने यकिन नै थिएन। त्यस्तैमा ब्रिगेड ब्वाइज क्लबकै प्रशिक्षकहरुले ब्रिजेशलाई ग्राउण्ड रिह्यावको लागि सहयोग गरिदिएका थिए। यसैले उनी अहिले ब्रिगेड ब्वाइजसँगै जोडिए। 

ब्रिजेशको फुबटल सपना राष्ट्रिय टिमबाट खेल्ने छ। रोहित चन्दले जस्तै नेपाली फुटबललाई विश्वस्तरमा चिनाउने रहर छ।

‘घाइते हुनुजस्तो नराम्रो कुरा खेलाडीका लागि केही नहुने रहेछ। घाइते नै भएर बसेको बेला पनि आश मार्न भने हुँदैन। हिम्मत राखेर मेहनत गरिरहनु पर्छ’ मन बलियो पारेको समय सम्झँदै ब्रिजेशले भने, ‘मेहनत गर्दै जाँदा एक दिन त सफलता मिल्छ नै। पहिलेकै जस्तो त नहोला तर खेल्न सकिन्छ। आफूले शतप्रतिशत नै दिनुपर्छ।’ 

ब्रिजेशको उपचारको लागि एन्फाले २५ हजार दिएको थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक लाख रुपैयाँ दियो। बाँकी सबै उनी आफैले जुटाए। ‘बुबाआमा गाउँमा खेतिकिसानी नै गर्ने हो। मेरो उपचारमा झण्डै ४ लाख रुपैयाँ खोज्न सजिलो थिएन, तर जसोतसो भयो’ उनले भने। 

त्यो बुट, यो बुट
ब्रिजेशले फुटबलमा कति दुःख गरेका छन्, एउटा प्रसंगबाट पनि बुझ्न सकिन्छ। सुरुका दिनमा उनले खालि खुट्टै बल हाने। त्यसैमा सजिलो पनि लाग्थ्यो। तर प्रतियोगितामै जाने भएपछि खालि खुट्टाले चलेन। बुट चाहिने भयो। 

बुटको कुरा आउँदा ब्रिजेशको यादमा आउँछ, दाइले नौ सय रुपैयाँ हालेर किनिदिएको पुरानो बुट।  

‘प्राय त खालि खुट्टा नै खेलेँ। विस्तारै अभ्यास गर्दै गएपछि छनोटहरुमा पनि जानुपर्ने भयो त्यसैले दाइले नौ सय रुपैयाँमा बुट किनिदिनु भयो। त्यो नै मेरो पहिलो फुबटल बुट थियो,’ हातले बुटकै आकार बनाउँदै ब्रिजेशले सुनाए।

अभ्यासमा जाँदा एक महिनामा नै त्यो बुट च्यातियो। ब्रिजेशले त्यसलाई सिलाएर लगाइरहेको थिए। तर सिलाउँदा पनि लामो समय भने टिकेन। अनि फेरि उही, खाली खुट्टा। 

ब्रिजेश अहिले ९ हजार ५ सय रुपैयाँको फुटबल बुट लगाएर खेल्छन्। त्यो पनि आफैंले किनेको। यो भन्दा उनको अनुहार थप उज्यालिएको छ। पुरानो दिन सम्झिँदा दंग परेका छन्। भन्छन्, ‘हरेक मान्छेको जीवनमा केही अप्ठ्याराहरु आएका हुन्छन् नै जस्तो लाग्छ। मेरो भागको अप्ठ्यारो सकियो कि। अबको मेहनतले केही सजिलो हुँदै जाला।’

अब,
ब्रिजेशको फुबटल सपना राष्ट्रिय टिमबाट खेल्ने छ। रोहित चन्दले जस्तै नेपाली फुटबललाई विश्वस्तरमा चिनाउने रहर छ। त्यसका लागि सानोतिनो मेहनतले पुग्दैन भन्ने उनले बुझेका छन्। 

‘पहिले त अब ए डिभिजन लिग खेल्ने सपना छ। त्यसपछि यु-२१ राष्ट्रिय टिम हुँदै नेपालको सिनियर टिमबाट खेल्ने मन छ। त्यसका लागि मेहनत पनि गरिरहेको छु,’ ब्रिजशले लक्ष्य सुनाए, ‘मेहनत गरिनँ भने बेञ्चमा परिन्छ भन्ने बुझेको छु। त्यसैले हरेक दिन फुटबलबाहेक अरु कुरा सोचेको छैन।’ 

तर ब्रिजेशलाई एउटा कुराको डर छ, नियमित अभ्यास गर्ने वातावरण नेपाली फुटबलमा छैन। आफैंले नै सोचेर मेहनत गर्नुपर्छ। कमजोर आर्थिक पाटो त छँदै छ। अरु अप्ठ्याराहरु पनि कम छैनन्। 

जे होस् उनी दृढ छन्, अवस्था जे भए पनि खेलाडी स्वयमले गर्न सक्ने मेहनत भने छाड्नु हुँदैन।

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार २५, २०८३
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने बिहीबार, असार २५, २०८३
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह बिहीबार, असार २५, २०८३
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न ! बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्