काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती प्रक्रियामा संलग्न हुँदा पाउने सुविधा निर्धारण गरेको छ। बैंकले मौद्रिक निति २०७६/०७७ मार्फत २०७७ असारमसान्त भित्र एकीकृत कारोबार संचालन गरेमा सहुलियत प्रदान गर्ने भएको हो।
१. कृषि, उर्जा र पर्यटनक्षेत्रमा तोकिएको कर्जा पुर्याउनु पर्ने अवधि २०७८असार मसान्त कायम गरिने
२. कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असारमसान्त कायम गरिने
३. शाखा विस्तार गर्न राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने
४. संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत वा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागू नहुने (कुलिङ पिरियड लागू नहुने)
५. चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु पर्ने अवधि २०७८असार मसान्तकायम गरिने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।