काठमाडौं- नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाहरूलाई ५ वटा अफर योजना अगाडि सारेको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको मौद्रिक निति मार्फत यस्तो अफर दिने भएको छ।
१ एकल ग्राहक कर्जा सीमानाघेको ऋणीको कर्जालाई सीमा भित्र ल्याउन समय थप गर्ने।
२ तोकिएको पुँजी कोष अनुपात पुर्याउनु पर्ने समय थप गर्ने।
३ सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृतपदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा सञ्चालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागू नहुने।
४ स्वीकार योग्य धितो लिइ समूहमा आबद्ध भएका तथा नभएका गाउँपालिका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई लघुवित्त वित्तीय संस्थाहरूबाट लघुउद्यम सञ्चालन गर्न प्रदान गरिने कर्जाको सीमा १० लाखबाट १५ लाख पुर्याइने।
५ आफ्ना कर्मचारीहरूको तलब, भत्ता तथा सुविधालाई निक्षेपको रुपमा स्वीकार गरी स्रोत परिचालन गर्न सक्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।