काठमाडौं- मर्जमा जाने बैंक तथा वित्तीय संस्थाहरुले शाखा विस्तार गर्दा राष्ट्र बैंकको अनुमति लिनु नपर्ने व्यवस्था लागू गरिने भएको छ।
आर्थिक वर्ष २०७६/०७७ को मौदिक नीति मार्फत राष्ट्र बैंकले महानगर र उपमहानगरपालिका भित्र बैंकको शाखा विस्तारमा बाहेक लिनुपर्ने स्वीकृतिको व्यवस्था खारेज गर्दै सबै ठाउँमा शाखा विस्तारमा अनुमति लिनु नपर्ने व्यवस्था गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमा भने बैंकिङ सेवाको पहुँच थप सरल र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्दा महानगरपालिका र उपमहानगरपालिका हकमा भने राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने व्यवस्था गरेको थियो।
अब नयाँ व्यवस्था अनुसार शाखा विस्तारमा राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।