काठमाडौं- सरकारले मालवस्तुको ढुवानीका लागि प्रयोगमा रहेका मालबाहक सवारी साधन देशभर सञ्चालन गर्न पाउने गरी रुट इजाजत दिने भएको छ।
मालबाहक सवारी साधनको रुट इजाजतपत्र जारी गर्दा देखिएको असहजताका विषयमा साउन ४ गते सरोकारवालासँग यातायात व्यवस्थाव विभागको छलफल भएको थियो।
छलफलमा मालवस्तु ढवानी गर्ने सवारीलाई नेपालभर सञ्चालन गर्ने पाउने गरी रुट इजाजत दिने निर्णय भएको बताइएको छ।
रुट इजाजतपत्र यातायात व्यवस्था विभागले जारी नै गर्ने सहमति भएको विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।