काठमाडौं- समयै बजेट नल्याउने ७० स्थानीय तहलाई जाने अनुदान कटौती हुने भएको छ। अर्थ मन्त्रालयले असार १० गतेभित्र बजेट नल्याउने ती स्थानीय तहमा जाने अनुदान कटौती गर्न लागेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको सूचीका आधारमा ती स्थानीय तहलाई जाने अनुदान कटौती गर्न लागिएको अर्थ स्रोतले जानकारी दिएको छ। 'कानुनबमोजिम बजेट पास नगर्ने स्थानीय तहलाई यसअघि नै अनुदान कटौती हुने जानकारी दिइएको थियो,' अर्थका एक अधिकृतले भने, 'त्यसैको कार्यान्वयन गर्न लागिएको हो।'
संघीय मामिलाका सहसचिव एवं प्रवक्ता भुपाल बरालले समयमै बजेट पास नगर्ने स्थानीय तहको सूची अर्थ मन्त्रालयलाई उपलब्ध गराइएको जानकारी दिए। उनले अनुदान कटौती गर्ने अधिकार अर्थ मन्त्रालयको भएको भन्दै आवश्यक निर्णय उसैले गर्ने बताए।
अन्तरसकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्छ। केही स्थानीय तहले आवश्यक तयारी नपुगेको भन्दै समयमै बजेट ल्याएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।