• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

लक्ष्यको १७ प्रतिशत मात्रै विद्युत उत्पादन, गत आवमा ७८ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपियो 

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  १८:२६
1140x725

काठमाडौं- सरकारले ३ वर्षमा ३ हजार ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि १० वर्षे दीर्घकालिन रणनीति बनाएर २०७५–०८५ लाई उर्जा विकास दशकका रुपमा मनाउने गत वर्षको बजेटमार्फत नै घोषणा गरिसकेको छ।

तर उर्जा दशक अभियानको पहिलो वर्ष भने लक्ष्यको १ चौथाइ भन्दा पनि कम विद्युत उत्पादन भएको छ। आर्थिक वर्ष २०७५/७६ मा विद्युत उत्पादन लक्ष्यभन्दा निकै कम भएको देखिन्छ।

नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा साढे ४ सय मेगावाट भन्दा बढी उत्पादनको लक्ष्य राखिएको भएपनि ७८ मेगावाट वराबर मात्रै उत्पादन भएर राष्ट्रिय प्रशारणलाईन जोडिएको छ।

गत आर्थिक वर्षमा ४ सय ६८ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखिएको थियो। तर उत्पादन भने लक्ष्यको करिब १७ प्रतिशत बराबर मात्रै देखिन्छ। 

प्राधिकरणले शुरुको लक्ष्यअनुसार विद्युत उत्पादन नहुने देखेपछि उक्त लक्ष्य संशोधन गर्दै १ सय ७८ मेगावाट गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको थियो। तर प्राधिकरणको संशोधित लक्ष्य नै भेटिएको देखिँदैन। 

नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार निजी क्षेत्रले उत्पादन प्रतिवद्धता जनाएअनुसार प्राधिकरणले उक्त लक्ष्य निर्धारण गरेको भएपनि उनीहरूले दिएको समयावधिमा काम सम्पन्न गर्न नसकेका कारण लक्ष्य नभेटिएको हो। 

अघिल्लो आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा थपिएको ७८ मेगावाट विद्युतमध्ये ४८ मेगावाट निजी क्षेत्रबाट उत्पादन भएको हो भने बाँकी ३० मेगावाट सरकारी लगानी रहेको माथिल्लो त्रिशुली ‘ए’ आयोजनाबाट उत्पादन भएको हो।

६० मेगावाटको माथिल्लो त्रिशुली ‘ए’ जलविद्युत आयोजनाका पनि दुईवटा युनिट मध्ये गत आर्थिक वर्षमा एउटा युनिटमात्र सञ्चालनमा आईसकेका कारण ३० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ। 

Ncell 2
Ncell 2

माथिल्लो त्रिशुली ‘ए’ आयोजनाको दोश्रो युनिट सञ्चालनका लागि ठेकेदार कम्पनीले काम नगरेपछि त्यो सञ्चालनमा आउन सकेको छैन। अधिकतम एक हप्तामा सकिने काम भए पनि ठेकेदार कम्पनीले काम नगरेपछि अर्को युनिट सञ्चालनमा आउन नसकेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ। 

अघिल्लो आर्थिक वर्षमा निजी क्षेत्रका ८ वटा आयोजना सञ्चालनमा आएका छन्। जसमध्ये २२ मेगावाट उत्पादन क्षमताको बाग्मती खोला साना जलविद्युत आयोजना सबैभन्दा ठूलो आयोजना हो।

त्यसैगरी गत आवमा ८ दशमलव ८ मेगावाटको रुदीखोजा आयोजना, ७ दशमलव ८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना, ५ मेगावाटको पिखुवा खोला, ३ दशमलव ३ मेगावाट उत्पादन क्षमताको कपडीखोला आयोजना सञ्चालनमा आए।

०.१० मेगावाट उत्पादन क्षमताको मिदिम खोला र ०.९ मेगावाटको सोबुवा खोला पनि राष्ट्रिय प्रणालीमा जोडिएपछि निजी क्षेत्रबाट कुल ४८ मेगावाट बराबर मात्रै विद्युत उत्पादन भएको छ। 

उर्जा विकास दशकको दोश्रो वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न २३ वटा आयोजनाबाट ९ सय ८३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

दोलखा जिल्लामा निर्माण भएको ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना चालु आर्थिक वर्षमा सञ्चालनमा आउने लक्ष्य लिइएको सबैभन्दा ठूलो आयोजना हो। 

१ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागडी ८२ मेगावाटको तल्लो सोलु र ४२ मेगावाटको साञ्जेन जलविद्युत आयोजना यस आर्थिक वर्षमा निर्माण सम्पन्न भएर संचालनमा आउने लक्ष्य राखिएका आयोजनाहरु हुन्।

आर्थिक वर्ष २०७७/७८ का लागि भने ४ सय ५५ मेगावाट कुल उत्पादन हुने गरी ३० वटा जलविद्युत आयोजना सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह
आज यस्तो रहनेछ देशभरको मौसम
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह मंगलबार, फागुन १२, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम मंगलबार, फागुन १२, २०८२
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
सिंहदरबार जलाएको आरोपमा पक्राउ परेकालाई सरकारी वकिलको उन्मुक्ति सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्