काठमाडौं- बुद्ध एयरले नेपाली नयाँ वर्षको अवसर पारेर पोखरा-नेपालगन्ज-पोखरा सीधा उडान सेवा सुरु गर्ने भएको छ।
बैशाख १ देखि सो हवाई सेवा थाल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, सो रुटमा दैनिक एउटा उडान हुनेछ।
यसअघि बुद्धले गत भदौ २० देखि पोखराबाट भरतपुर र भैरहवासम्मको हवाई उडान थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।